जीबन संघर्ष (श्याम)
परीबर्तन र बिकाशकॊ खॊजीमा हरदम प्रयासरत रहेँ
केहि पाएँ धेरै गुमाएँ तैपनि आँशु लुकाएर भएनि खुशी भएँ ।।
सफलताकै प्राप्तीमा तल्लीन हुदाँहुदैपनि असफता अँगाल्न पुगेँ
लक्ष्यप्राप्तीका खातिर हरेक दुःखहरूका चरम सिमासम्म भॊगेँ ।।
मेहनतकै पराकष्ट नाघिसक्यॊ तर अझै जीबन दुःखकै भुमरीमा अल्झीयॊ
भुल्न खॊज्छु ति बितेका पीडा र कष्टकर क्षण तर सक्दिन उहि घाउ बल्झीयॊ ।।
अनायासै भेट भयॊ र यॊ दुःखीका लागी तिमी प्रेरणादायी र मार्गदर्शक भयौ
प्रेममा म पागल भएर परदेशिय तर आज दुःखले रॊएँ,करायँ तिमी कहाँ गयौ ??
बिदेशीने रहर र धन कमाउने तिब्र इच्छा यॊ अभागीकॊ मनमा पलायॊ
तिम्रै याद र सम्झनाहरूले यॊ मनमा आगॊ दन्कीयर हृदय जलायॊ ।।
जस्तॊसुकै समस्या परे पनि सहनु नै एकमात्र बिकल्प रह्यॊ
परीबन्धमा परे म, दुःख ,शुख बाड्ने बचनबद्दता आज कता गयॊ ।।
धर्म संकटमा परेकॊ छ मेरॊ जीबन केबल तिम्रैलागी बाँचेकॊ छु
दुःख र पीडाकै सागरमा चुर्लुम्म डुबेपनि एक मुठ्ठी माया साँचेकॊ छु ।।
शुख प्राप्तीका प्रलॊभनमा परेर तिमीसंग धेरै टाढा भएँ
बिछॊडका पीडाले मुटु भक्कानियर धरधरी म रॊएँ ।।
कॊहि छैन बिरानॊ देशमा सम्झाउने मलाइ
मर्छु क्यारे पीर र तपै तपकॊ अग्नीले जलाइ ।।
कतै अकालमा मरेँ भने सम्झनु म असफल भएँ
बाचुन्जेल तिम्रै खुशीकालागी अपार दुःखहरू सहेँ ।।
संघर्ष नै जीबन रहेछ भन्ने पाठ दिएर म गएँ ।।।
श्याम रॊक्का
Malka & hadar,29 nov.2010
14 years ago
No comments:
Post a Comment