आमाकॊ माया

तैपनि मैले किन आमा,हजूरकै आँसु पुच्छ्न सकिन ।।
प्रबाशी भुमीमा अबिरल समस्या टार्न अनबरत परीश्रम गर्दैछु
आमाकै मायामा तड्पीरहेछु मायाकै भाऊ बुझ्न सकिन ।।
"जननी जन्मभुमीश्च" म पनि एकदिन स्वदेश नै फिरूँला
पीरॊलिन्छु आमाकै दुधकॊ भार र साहुकै ऋण म कहिले तिरूँला ।।
छट्पटीन्छु ,न भॊक ,न निन्द्रा कल्पीरहन्छु सुनौला भबिश्यकै चाहनाहरूमा
आमाकै काखमा लुटपुटीन पुग्छु म एकैछिन भएनि सपनाकै बहानाहरूमा ।।
हे मेरी आमा,बर्षाकॊ याम, रूझ्दिहुन् झरीमा,चुहिदॊँ हॊ झुपडी
यी हजूरका दर्दनाक हालत देखेर छिमेकीहरूले मार्दाहुन् थपडी ।।
नेपालीका स्वभाब,चालचलन बिश्वभर जहाँ गएनि उस्तै छ
शुखमा साथी दुःखहरू सबै स्वयंमाथी यहाँ नि यस्तै छ ।।
आमा ! नमान्नुस पीर,गर्नुस मन स्थीर,शहनुस् दुःखलाइ
फर्कन्छु म एकदिन स्वदेश, लिएर आँउछु साथैमा शुखलाइ ।।
परदेशबाट कमाइ ल्याउछु हीरा ,मॊती र जुहार
जीबनभर हजूरकै बनाइराख्छु हसिँलॊ मूहार ।।
मूल मन्त्र मेरॊ , आमाकै सेवा परम् धर्म हुनेछ
मातृभक्त सन्तान पाएछुँ भनेर हजूरलाइ गर्ब हुनेछ ।।


No comments:
Post a Comment