Tuesday, October 13, 2009

कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा)









लेखकःश्याम रॊक्का,अनेसास (इजरायल)

कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा)
कुरा हिजैझैँ लाग्छ नेपालभरी प्रजातन्त्र भित्रियका खबरले सबै नेपाली जनताहरू निक्कै स्वतन्त्र भइने आशा गर्दैथे तेस्मा नि ति गाँउलेहरू जस्लाइ नेपाली समाजले सानाजातीका उपादी दिएका थिए यस्तै परीवारकी एउटी चिटीक्क परेकी तल्लाघरे साहिली पनि गरीबीबाट परीवारलाइ उथ्थान गर्ने उद्देस्यले उस्का गाँउबाटै प्रथम महिलाकॊ रूपमा गल्फ कन्ट्री छिरीन् ,अरबिक फेमेलीमा काम अनि घरमै २४ घण्टा बसेर महिनौँ बिताएपछि १२ हजार रूपैँया जत्ती तलब पाउथिन् जे भएनि फ्री भिसामा प्लेन टिकटमात्र तिरेर गएकी हुनाले र नेपाली शमाजमा पाउने छुवाछुत भन्दा धेरै नै इज्जत ,खान ,लाउन मनग्य पाएकीले प्रबाशमा उनलाइ शुरूसुरूमा न्यास्रॊ लागेता पनि बिस्तारै बानि पर्दै गयॊ ,यसैगरी हप्ता ,महिना र बर्ष बिते यस्तैमा जवानी केटी अनि खानपान समयमा पाइ घाममा हिड्नै नपर्दा त उनि उसै प्राकृतीक राम्री थिइन् अब त बिछट्रटै सुन्दरी हुदै गइन् तर के गर्नु ति सुन्दरताका बर्णन गर्ने तेहाँ कॊहि युवक नै देख्न पाँउदैनथिन् घरका साहुहरूले राम्री भएनि नॊकर्नि सम्झेर कहिले गलत दृष्टीले हेर्ने थिएनन् फेरी ति अरबिक परीवारमा एकैजना पुरूषका ४,५ जना समेत श्रीमती हुँदा रहेछन् अनि बच्चाबुच्ची त कत्तीकत्ती..लाबालस्कर...बर्षौटेहरू.......बिस्तारै तेहि परीवारमा एउटी सदस्य झैँ थीइन् सहिली पनि ......
.............तलब बुझेर नेपाल पठाइ पारीवारीक उथ्थान गर्दैथिइन् अब त उन्ले गाँउभरीमा नै प्रथम पक्की घर पनि बनाइन् अनि भाइबहिनिहरूलाइ पढाउदै पनि थिइन् ।
यहाँनिर कथाले र सहिँलीका जीबनमा अलिकती फन्का मारेर ल्यायॊ जब तेस घरमा निक्कै ठूला चाड रम्दान थिए अनि डीपार्टमेन्टल स्टॊरबाट टन्नै खाध्यान्न सामाग्रीहरू अर्डर गरीयका हुनाले ति सामानहरू लिएर एउटा नेपाली केटा ड्राइभर साहिली सामुन्ने देखा परे ,अरबिक साहुका अगाडी परपुरूष संग बॊल्नु त आकाशकै तारा झारे झै थिए तैपनि हेराहेर र नयनद्वारा नेपाली माया साटासाट गरीए अन्तमा सामानहरू किचेन स्टॊरमा वसार्न सकियपछि बिल र लिस्टसहित उक्त ड्राइभरले नेपालीमा उस्का मॊबाइल नं. लेखेर सहिलिलाइ इशारा गर्दै टेबुलमा राखेर गयॊ ,तत्पश्चात बिस्तारै साहुहरू घरमा नहुँदा मौका छॊपी टेलीफॊन बार्तालाभद्वारा साहिली र नेपाली ड्राइभरदाइ बिच परीचय,कुराकानि बिस्तारै मायाप्रीती बढ्दै गइ एक बर्षपछि केहि महिनाकॊ छुट्टी समेत मिलाइ दुबैजना गल्फ कन्ट्रिबाट संगै एउटै प्लेनमा नेपाल बिदामा फर्किए यसरी
बाटैभरी एउटै सिटमा संगै जवानपुरूष र महिला अनि लामॊ रात्री यात्रा....आहा, धेरै समयपछि नेपाली माया साट्न पाउनु अनि झन ति बैँशालु झप्का बर्षौसम्म कुण्ठीत पारेर राखेका सबै इच्छाहरू दुबैले एकअर्कामा समर्पीत गरे ,दुबैले जीबनभर संगै मर्नेबाँच्ने कसम अनि नयाँ सन्तान ,सानॊ घर ,शुखी परीवार बिबिध भाबी सुनौला कल्पनाहरू पनि बुन्दै एकरातकॊ प्लेन यात्रामै सर्बस्व खन्याए तर बिगतका बारेमा दुबैले अलिकत्ती पनि सवाल ,जबाफ गरेनन् झन् साहिलिले त उन्का बिगत लुकाउनै चाहिन्थिन क्यारे किनकी नेपाली समाजमा अझै प्रजातन्त्र, समानता किताब र सम्बिधानमा मात्रै लेखिएका थिए अनि रूडीबादि र छुवाछुत समाजमा टड्कारै बिध्यमान पनि छँदैथ्यॊ , उता ति बाहुन जातीका ड्राइभर दाइले नि केहि बताउनै चाहेनन् ...बरू दुबै नेपालमा पुगेसी आ,आफ्ना गाँउघर फर्कनु अगाडी केहिदिन काठमाण्डूमै एउटा हॊटेलमा बसेर २,३ बर्ष अरबिक देशमा बसि कुज्जीयका जवानीका पंखपखेरूहरू खुल्ला रूपमा फिँजाउन रूचाए अन्ततः प्री प्लानअनुशार दुबै केहिदिन संगै बसि चरमशुख साटफेर गरी गाँउ, घरपरीवारकॊमा जाने र पुनः बिदा सकियसी गल्फ कन्ट्री संगै फर्कने र धेरै पैशा कमाइ अलि बर्षपछि सधैँका लागी नेपाल फर्केर बिबाहगरी दाम्पत्य जीबन शुभारम्भ गर्ने सल्लाह र मिठा सहमती समेत भए ..

अनि रमाइलै रमाइलामा दशदिन काठमाण्डुमा बिताइसके पछि दुबैजना आ,आफ्ना परीवारकॊमा फर्कन नयाँ बसपार्क संगै गए अब तेहाँ उनिहरूलाइ एकआपसमा छुट्टिनै पटक्कै मन छैन तर के गर्नु नियमनै छ मिलन पछि बिछॊडीनु अनि साहिलिले गहभरी अश्रुधारा पारिरहिन् अन्तमा बस अलग ,अलग मार्गभइ समयानुसार गन्तब्यतर्फ हुइँकियॊ..........
महिना बिते, छुट्टिमा टन्नै धन कमाइ स्वदेश फिरेकाहरूका दिनरात अनि खुशि नै अर्कै हुनेरहेछ अनि समय त पिलीक्कै गइसकेछ यता सहिलीका महिनावारी रॊकिन्छ अनि साह्रै चिन्तित थिइन् तैपनि घरपरीवारमा कसैलाइ नभनि समय बिताइन् उता फेरी गल्फ कन्ट्रि फर्कने बेला नजिकै आयॊ तर ति ड्राइभरदाइले केहि खबर गरेनन् अन्तमा उडान हुने अघिल्ला दिन साहिलि काठमाण्डू आइन् र पिसाब जचाँउदा त उनि गर्भबति भएकि रहिछिन् अब उनि छाँगाबाट खसेझैँ भइन् अनि मलिना खुशी पनि अन्यौलमा परीन् ,चक्कर चले उन्का मनमस्तिष्कहरू र हत्तारीरहे कहिले ति ड्राइभरदाइलाइ भेट्ने अनि सबैकुरा बृतान्त बताउने...........तर कुनै सम्पर्क भएन । भॊलिपल्ट साहिलि चाँडै नै एअरपॊर्ट पुगीन् र लगेजीङ सिध्याएर चारैतिर उहि बाहुन ड्राइभर दाइलाइ खॊजीरहिन् मनका उकुसमुकुस फुकाउन र एउटै प्लेन थीए दुबैजनाका ...गल्फ एअर, केहिबेरमा अचानक ,टुप्लुक्क ति बाहुन त दुइबच्चाहरू च्यापेर सहिलिकै अगाडी पुगी परीचय गराउन थाले...यी मेरा बच्चाहरू र उनि बाहुनीबजै (मेरी धर्मपत्नी)...............


सहिँलिका खुट्टा मुनी जमीन सरेझैँ भए, मनमा भुकम्प चले अनि वरीपरी सन्नाटा छाए, तिरीमीरी झ्याँइ भइ तॊरीका फूल देखिन् अनि केहि नबॊली ,मनमनै कत्ती नकचरॊ पुरूष भन्दै....सरासर प्लेन चढ्न लिफ्टतिर लागीन्......................
(क्रमशः के भए त अगाडी ? के साँहिलि गल्फ कन्ट्री फर्कीइन् त ? अरू के के भए थाहापाउन प्रतिक्षा गर्नुस )





भाग दुइ
कथा - "कस्तॊ नकचरॊ पुरूष र साहिली" -
श्याम रॊक्का, अनेसास (इजरायल)


भाग दुइ
गत भागमा साँहिलि रूदैँ रूदै लिफ्ट चढीन् भन्ने सम्म पढ्नु नै भयॊ तेसपछि............. साँहिलीले अश्रुधारा सम्हाल्न नसकी रूदैरूदै डीपार्चरका लागी अन्तिम प्रतिक्षालयमा बसिरहेकि थिइन् अनि अरूछेउछाउका नचिनेका नेपालीहरूले सम्झाइरहेका थिए "नरॊउ नानी, हामी सबै घरपरीवार छाडेर प्रबाशीदै छम नेपालमा के नै गर्न सकिन्छ र ? दिनरात राजनैतिक कचिङ्गल, अशान्ति ,बन्द हड्ताल बाहेक केहि छैन बरू अलि समय प्रबाशमै दुःख भएनि अलअलि धन त कमाइएला पछि नेपालमा पनि सामान्य भए पछि फर्कीहालिन्छ..इत्यादि" भन्दै तर साहिँलिका मन भने नेपाल छाड्नुका पीरले भक्कानिरहेका थीएनन् उहि नकचरॊ बाहुनका स्वार्थपुर्ण परीचयात्मक कार्यक्रमलाइ उनि पत्याइरहन सकिरहेकी थीइनन् ..............केहिबेरपछि तेहाँ उहि बाहुन ड्राइभर आइपुग्छ र लाजपचायरै भएनि छेउमै बसि सम्झाएँझैँ अनि नानाभाँति फकाउने कुरा गर्न थाल्छ अन्य नेपालीहरू दंग पर्छन् र प्रश्नपनि गर्न पछि पर्दैनन् ,तपाइहरू के के नाता पर्ने हॊ ? अघिदेखि खुबै रॊइरहेकी छन् बिचरी ! साहिली लाजले मुन्टॊ लुकाइरहन्छिन् अनि बाहुनले प्याच्च फट्कारी हाल्छ ,उनि मेरी श्रीमती र हाम्रा साना बच्चाहरू नि छन् तेहि बच्चाहरूलाइ छाड्नुपर्दा उनलाइ असह्य भैरहेका छन्..............
.....ति बाहुनका कुरा सुनेर साँहिली अवाक् हुन्छे यत्तिकैमा प्लेन चढ्ने द्वार खुल्छ सबै प्लेनतर्फ लगेज घिच्याउदै लाग्छन् ......
छुट्टीमा नेपाल आउदाँ र तेतिखेर जाँदा नि एउटै प्लेन परेछ अनि साहिँलीले ति बिगतका पश्चातापपुर्ण घटनाहरू झलझली सम्झिन्छिन् र ति बाहुनका अनेकन स्वार्थमा लिप्त कुराहरू सम्झेर र अनायसमै जवानीका जॊसमा हॊस नपुर्याउँदा स्वयंले कुमारीत्व गुमाएका लाजले र रिशले साहिँली ति बाहुनका छेउमा नबसी अन्यत्र सिटमा गएर बस्छिन्...................
गल्फकन्ट्री पुगेसी साहिलीसंग मॊमाइल थिएन अनि उन्ले ति स्वार्थी बाहुन ड्राइभरलाइ कल गर्ने कुनै रूचि नै गरीनन् बरू जानेबित्तीक्कै कसरी आफु गर्भबति भएका कुराहरू घरमालीकलाइ भन्ने भनेर डराइरहेकी थीइन्.........
....उता बाहुन अनि स्वार्थमा लुसुप्त ,लुच्चाले मर्दाङगीनी देखाउन पाइहाल्यॊ अनि लुटीहाल्यॊ जत्तिखेर पुरूषलाइ अति चरमशुखकै खाँचॊ थीयॊ अब उस्लाइ त साँहिलिका बारेमा कुनै प्रबाह नै भएन क्यारे कुनै बेला अनुहार देखाएन बरू साहिली कामगर्ने घरमा सामान अर्डर हुँदा तेहि कम्पनिका अरू ड्राइभर पॊ खाध्यान्न लिएर आउथेँ त.....साँहिलले मनमनै धिक्कार्थीन धन्य पुरूष..........यत्तिखेर साँहिलि गर्भबति भएकी दुइमहिना नाघिसकेका थिए एकदिन उन्लाइ अचानक अध्याधिक ज्वरॊ आयॊ र अरबिक परीवार सम्पनन भएकाले प्रायः साधारण उपचार घरमै गराँउदा रहेछन् अनि डाक्टर बॊलाइए र हल्का चेकगरी के, के ५०० एम.जी .का कडा, कडा एन्टीबायॊटीक दबाइहरू खानदिएछन् तेस्का केहिदिनमै साहिलीका स्वास्थमा क्रमीक सुधार देखिए भने उता "मिसक्यारेट"गर्भपतन समेत भए जुन पीडा एउटी नारीले मात्र बुझ्न सक्छिन् जस्का बारेमा कुनैपनि दर्दनाक शब्दमा बर्णन गर्दा नि कमी नै हुन्छ यस बारेमा साहिलिले साहुहरूलाइ पत्तै दिइनन् ........मनमा अत्याधिक दुःख भएतापनि ति बाहुनका बास्तबिक्ता सम्झेर त ,"कुच्चाले बाडार्नुपर्ने कसिङगर हुरीले उडाएझैँ" भए अब साँहिलि पुनः पहिलेकै अबश्थामा फर्कीइन् अनि २,३ बर्ष भैसकेपछि साहिलीलाइ अरबिक कन्ट्रि वाक्क लाग्दैथिए यत्तिकैमा सहिलिका जीबनमा नयाँ खुशी र अबशर हातपरे ,
तेस परीवारका बुढी हजूरआमासंग इजरायली सिटीजन रहेछ अनि ति बृद्दासंगै उन्लाइ हेरचाह गर्ने गरी इजरायलमा सधैँभरी बस्ने भनि गल्फ कन्ट्रिबाट प्रश्थान गर्ने अबशर पाइन् जस्अनुशार इजरायलमा उनि तेलअभिब शहरकै याफॊ छेउमा बस्दै साँझपख समुन्द्र छेउछाउमा घुम्न लैजान्थिन् अनि उता गल्फमा १२ देखी १५ हजार रूपैयाँमात्र कमाइरहेकी थिइन् भने इजरायल प्रबेश हुनासाथ उन्ले ५५० यु.एस डलर थाप्न थालीन अनि छुट्टीपनि हप्तैपच्छे र सधैँझै समुन्द्रछेउमा देखिने अर्धनग्न महिला
पुरूषहरूलाइ हेरेर उहि गल्फ राज्यका बुर्खाभित्र अनुहार लुकाउने संस्कार र इजरायली बासीन्दाहरूका ऒपन शरीर र माइन्डका बारेमा दाँज्दै अचम्मित भइ रमाउँदै थिइन् ,अनि खुब चर्चामा थिए इजरायलमा नेपालिहरूले इजरायलि संग र इजरायलीहरूले नेपालीसंग परस्पर बिबाह गर्ने प्रचलन वा नेपाली महिला र पुरूष नै इजरायलमै बिबाहगरी बच्चा जन्माइ इजरायलमै बस्न पाउने निहित स्वार्थले अधिकाँश नेपालीहरूका बिबाह पनि इजरायलमै गैह्रकानूनी र गुपचुपमा हुदैँथीए । यस्तैमा एकदिन साँहिलिकै एकजना केटीसाथीले पनि इजरायलमै इन्डीयन तन्दुरी रेष्टुरेन्टमा नेपाली केटासंग बिहे गर्ने भइछिन् र निम्ता मान्न साहिँलि पनि बिबाहका मध्येतिर पुगीन् अनि भिडभाड नेपालीपाराका गीत बजेका दॊपट्टा सारी चॊलिमा सजिँएकी दुलहि अनि संगै टाइसुट र कालॊ रेब्यान चश्मामा लेबल नझिकी लगाएका दुलाहा देखिन् अनि नजिकै गइन् र बधाइ तथा गीफ्ट दिँदै दुलाहाका अनुहारमा हेरेपछि........अरे......... उनि झसङ्ग ,पानिपानी,निलिकाली र खङग्रङ्ग भइन् साँहिलिका हातबाट गीफ्ट भुइमा झरे................... किनकी दुलाहा त उहि साहिलिकै कुमारित्व भंग गर्ने पहिलेकै नकचरॊ पुरूष ड्राइभर बाहुन नै पॊ रहेछ ।

क्रमशः
(पुनश्चः साहिँली भन्ने पात्र इजरायलमा नै कार्यरत छिन् तर उन्का नाँउ अर्कै छ र यस बास्तबिक कथा पनि उनि सा.ले.प. मात्रै भएका र मेरा नाम कताकता पत्रिकातिर देखेकीले उन्ले नै मलाइ भेटेर सबै बृतान्त बताइ छापीदिन हुनपनि अनुरॊध गरीकी हुन् र यस्लाइ अलि भुमीका र फुलबुट्टा भने मैले थपेँ ,पक्कै पनि यस कथाबाट केहि सुधारचेतना जगाउनेछ भन्ने आशातित छु ।
अब कथाले साँहिलीका जीबनमा कस्ता भुकम्प ल्याउलान् त के ति बाहुनकॊ नबदाम्पत्य जीबन शुखमय हुन्छ त ? प्रतिक्षा गर्नुस)

भाग ३ ,कथा - "कस्तॊ नकचरॊ पुरूष र साहिली"




Telaviv, [backgraound Ac tower ]
भाग दुइमा यहाँसम्म पढिसक्नु भएकै छ..............................
निम्ता मान्न साहिँलि पनि बिबाहका मध्येतिर पुगीन् अनि भिडभाड नेपालीपाराका गीत बजेका दॊपट्टा सारी चॊलिमा सजिँएकी दुलहि अनि संगै टाइसुट र कालॊ रेब्यान चश्मामा लेबल नझिकी लगाएका दुलाहा देखिन् अनि नजिकै गइन् र बधाइ तथा गीफ्ट दिँदै दुलाहाका अनुहारमा हेरेपछि........अरे......... उनि झसङ्ग ,पानिपानी,निलिकाली र खङग्रङ्ग भइन् साँहिलिका हातबाट गीफ्ट भुइमा झरे................... किनकी दुलाहा त उहि साहिलिकै कुमारित्व भंग गर्ने पहिलेकै नकचरॊ पुरूष ड्राइभर बाहुन नै पॊ रहेछ ।


भाग (३) तिन
कथा - "कस्तॊ नकचरॊ पुरूष र साहिली" -
श्याम रॊक्का, अनेसास (इजरायल)



ति दुलहालाइ चिनेपछि,साँहिलिले बिबाहका धुमधाममा स्वयं रमाउन र पिल्सिइएका मन र क्रॊधित मन सम्हाल्न नसके पनि जेनतेन नारीमा हुने सबैभन्दा असल गुण मध्ये सहनसिलतालाइ भंग हुन दिइनन् र तेस रमाइला स्थानबाट मन थाम्नै नसकी उनि तुरून्तै फर्किहालीन् , घरमा गइ एकान्तमा बसेर उन्का मनमा अनेक कुराहरू खेल्न थाले, कतै ति दुलाहाका अनुहार मात्रै त मिल्या हैनन् वा जुम्ल्याहा पनि त हुनसक्छन् ,साच्चै उहि ड्राइभर बाहुन नै भैदिय त , ति बिचरा ! साथीका जीबन त नर्क नै हुनेभए बेलैमा सुधारचेतना जगाउनु पर्ला ,इत्यादि।

केहिदिन पछि उहि नबदुलहि मित्र एक्लै समुन्द्रतटमा जहाँनिर साँहिलिले कामगर्ने ठाँउ नजिकै पर्छ तेहि घुम्दैगर्दा अचानक देखिन् र साहिलिले उन्लाइ घरमा डाकेर ल्याइ सबै बृतान्त जान्न खॊजिन्, थाहै छ फेरी नेपाली केटीमान्छे उन्का श्रीमान् भैसकेका मान्छेका बारेमा अलिकत्ती पनि नराम्रा कुरा सुन्नै सक्दैनन् वा चाहदैनन् अन्ततः साँहिलिका लिडेँढीपीलाइ नकार्न नसकि उन्का नबश्रीमानका बारेमा सबै बताउदै केहि तस्बिरहरू नि देखाइन् जुन उहि पुराना घरपरीवार र जेठी श्रीमतीका रहेछन् अनि साँहिललिले भनिन् किन यी बिगतका सबै कुराहरू था हुँदाहुदै नि जेठीमाथी यसरी धुमधाम इजरायलमा नै बिबाहगरी रमीता गरेकी तैँले अब तेरा जीबन नर्क हुनेभए भनिन् तर " साँहिलिकै उक्त मित्रका जीबन कथा भने अर्कै रहेछन् "जुन दर्दनाक जीबनकथा प्रशंगलाइ धाराबहिक रूपमा म पछि लेख्दै गरूँला.......................
मलाइ त कथा लेख्दै जाँदा खुबै मनमा खुल्दुली मच्चिन थाले ,एउटी नारी जातीले अर्काकॊ श्रीमान् हुन् भन्दा भन्दै नि परपुरूषमाथी गिद्दे दृष्टी किन हाल्छन् अनि एउटा पुरूषले एउटै थाप्लॊमा दुइटा नाम्लॊ लगाउदै " घरका कुखुराहरू दाल बराबर" भन्ने उखानलाइ किन इजरायलमा पछ्याइरहेका हॊलान् ? यी इजरायलबासी पुरूष र नारीहरूमा यस बिषयमा सुधारचेतना कहिले आउला ?


साँलिले भन्दै गइन्............
उता सहिँलिका भाइबहिनि अलिक बढे,पढे र नेपाली समाजमा हुने कुनैपनि भेला ,नारा ,जुलुसमा समानताका साथ प्रजातन्त्रिक हक ,अधिकार भन्दै खुलस्त भाग लिन थाले तर बिधिका बिडम्बना कस्ले छेक्न र बदल्न सक्छ भने झैँ राजनैतिक हिँसाँका सिकार भइ एकदिन साँहिलीकॊ कान्छॊ भाइ जनताका तर्फबाट सहिद हुनपुगे जुन मर्माहत घटनाले साँहिलिका मन इजरायलमा कत्ती अडीएनन् अनि एकपल्ट रि - एन्ट्री भिसा लिएर नेपालमा भाइका लाश हेर्न नभ्याए नि अरू परीवारलाइ भेटघाट गरेर फर्की अलिक धेरै समय इजरायलमा बिताउने बिचार्दै थिइन् .........
यस्तैमा इजरायलमा बुढाबुढी भनेका "बॊइलर कुखुरा जस्तै" साँहिलिका साहुनि पनि ठमठम् हिड्दा हिड्दै एकैदिनमा थला परिन् अब त सधैँ ह्विलचियर मै बस्ने र दिशा पिसाब पनि उछ्यानमै र (तितुल) डायपरमै गर्ने भैदिइन् अब साँहिलाइ अत्यास लाग्नथाले.....२४ घण्टा घरभित्रै अनि कतै जान नपाउनु झन् उचाल्न ,पछार्न नि पर्न थाले , अब साँहिलिलाइ काम हम्मे हम्मे भए अनि शारीरिक र मानसिक पिडाले बिचलित झैँ भइन् किनकी सबैलाइ थाहा छ हॊला, इजरायलमा केयर गीभर काम भनेकै अत्याधिक मानसिक तनाब हुने काम हॊ सहनशक्ती अध्याधिक नभएकै परीणाम स्वरूप पटक, पटक प्रबाशी इजरायलमा नेपाली महिलाहरूले मानसिक सन्तुलन गुमाउनाका साथै आत्महत्या समेत गरीसकेका बिगतका उद्दाहरणहरूले प्रष्टै हुन्छ ,अन्तमा केहि समय सुस्ताउन,परिवार भेट्न र मन बहलाउन उन्ले एकपल्ट छुट्टीमा नेपाल जसरी जाने निर्णय गरीन् तर उनी स्वयंले रिलिभर केयरगीभर राखेर मात्रै जान पाउने भनि साहुनीका परीवारले अनुमति दिए ।

इजरायलमा रिलिभरमा कामदार कमै पाइन्छन फेरी यसरी रिलिभर दिँदा भिसा नपाइने भएकाले ठूलै रिस्क लिनुपर्ने पनि हुन्छ जस्का कारण मासिक तलब पनि १५०० यू.एस. डलर सम्म माग्दा रहेछन् यस्ता अबश्थामा साँहिलिले रिलिभर पाउन ज्यादै असम्भब झै भइरहेकै समयमा एकजना नेपाली चेली भर्खरै इजरायल प्रबेश भएकॊ ५१ महिना पुरा अबधि भैसकेकाले ग्रैहकानूनी भइ नयाँ भिसा नलाग्ने हुनाले यस्तै लुकिछिपी भिसा बिना नै रिलिभरकै मात्र काम गर्नेलाइ भेटीन् र एकहजार यू.एस. डलरमा ३० दिनकालागी रिलिभर पाइन् जुन रिलिभरलाइ दिने एक एकहाजार डलर तलक रकममा नि सबै साहुकै परीवारले तिरि दिएनन् दुइसय डलर साँहिलि स्वयंले नै थप्नुपर्ने शर्त अनुशार, जे भएनि रिलिभर राखेर उनि नेपाल प्रस्थान गर्नेभइन् किनकी उन्लाइ दुइसय डलर भन्दा नि घरपरीवारकै यादले ज्यादै सताइरहेका थिए ,यत्तिखेर इजरायल बसाइकॊ लामॊ अबधिपछि बल्ल घरजान पाएकी खुशीले साँहिलिका मन हर्षीत र पाइला हत्तारीरहेका थिए भने उता कत्ति दुःख गरेर प्रबाशमा कमाएका धनले हुर्काइ बढाइ ,पढाइरहेकॊ भाइ अल्प उमेरमै देशका लागी सहिद भएकॊ कुराले मर्माहत र भावबिह्लल पनि थिइन् ,यस्तै अनेकन मनमा कुराहरू गम्दै ..........................................बस्दैथिइन् .............
एकदिन बिहानैपख इजरायलबाट नेपाल बिदामा जानभनि तेलअभिब स्थीत बेन्गुरियन एअरपॊर्ट

पुगीन् ,लगेजिङ गराइन् र केहि घण्टापछि प्लेनमा चढ्नेद्वार खुले साँहिलि तेतैतिर हुत्तिरहेकि थिइन् अचानक एउटा इमीग्रेशन पुलिस भ्यान हुइकिएर प्लेनकै छेउमा घ्याच्च रॊकीयॊ र केहि मान्छेहरूलाइ हथगडी फुकाउँदै प्लेनकै भर्याङतर्फ पुलिसले संख्या गन्दै हातमा समातेर सरासर उकाल्न थाले अनि तेहि हुलमा देखिए, एकजना साँहिलिले नै चिनेकै अनुहार .........उहि लाज पचेकॊ नकचरॊ बाहुन ड्राइभर पनि..........................

क्रमशः
( हेर्दै गर्नुस हाम्रै वेभ पत्रिका र प्रतिक्षा गर्नुस यस कथामा अरू धारबाहिक भागहरू..........................................) धन्यबाद ।

Url: http://www.nnchautari.com



भाग ३ का कथामा अन्तिम प्रशंग यहाँसम्म थिए..........
एकदिन बिहानैपख इजरायलबाट नेपाल बिदामा जानभनि तेलअभिब स्थीत बेन्गुरियन एअरपॊर्ट पुगीन् ,लगेजिङ गराइन् र केहि घण्टापछि प्लेनमा चढ्नेद्वार खुले साँहिलि तेतैतिर हुत्तिरहेकि थिइन् अचानक एउटा इमीग्रेशन पुलिस भ्यान हुइकिएर प्लेनकै छेउमा घ्याच्च रॊकीयॊ र केहि मान्छेहरूलाइ हथगडी फुकाउँदै प्लेनकै भर्याङतर्फ पुलिसले संख्या गन्दै हातमा समातेर सरासर उकाल्न थाले अनि तेहि हुलमा देखिए, एकजना साँहिलिले नै चिनेकै अनुहार .........उहि लाज पचेकॊ नकचरॊ बाहुन ड्राइभर पनि..........................

भाग ४ (चार)
कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा)
लेखकःश्याम रॊक्का,अनेसास (इजरायल)



केहिबेरमा ति निर्बासनमा परेका कामदारहरूलाइ प्लेन चढाइसकेसी अरू यात्रु र साँहिलि पनि प्लेन भित्र प्रबेश गर्छन्, प्लेनका सिटहरू लगभग रित्तै थिए अतः यात्रुहरू ढलीमली गरी भाडाका बसझैँ सिटमाथी नै खुट्टा राख्दै सभ्यताकै परीचय दिइ बसिरहेकि थिए अनि साँहिलि स्वयंका सिट खॊज्दै गइन् ,प्लेन खाली भएकाले टीकट अनुशार स्वयंका सिटमा बस्नु नपर्ने रेछ अनि साँहिलिले स्वयंका सिट भेटीन् तर तेहाँ उहि नकचरॊ बाहुन ढलीमली गरी बसिरहेकॊ......तेहाँ बाहुनले इशार गर्दै भन्यॊ ,भुपू मायालु साँहिली यहाँ छेवैमा बसन, कि काखैमा बस्छ्यौ ?.....साहिलि लाजले भुतुक्कै हुदैँ केहि नबॊली अलि पर गएर एउटा सिटमा थचक्क बसिन्, साँहिलिकॊ यात्रा तालिका अनुशार उक्त प्लेनमा ऒमान सम्म र ऒमानबाट कतार हुदैँ ,कतारबाट रातभरीका यात्रा गल्फ एअरमा सिधै काठमाण्डुका लागी रहेछ... इजरायलबाट डेढघण्टा जत्ति उडान भरेर प्लेन ऒमानमा अबतरण भयॊ अनि ट्रान्जिट समय सकियर कतारका लागी अर्कै प्लेनमा बस्दा त प्लेनमा खुट्टा टेक्ने ठाँउ रहेनछ अनि दैब सन्जॊग साँहिली र बाहुनका सिट एकै ठाउँमा परेछ अब साहिलिसंग तेहिँ संगै नबसि बिकल्प रहेन उता नकचरॊ बाहुन त मनमनै खुशि हुदै थियॊ हॊला............प्लेन हुँइकियॊ कतारतिर अनि साँहिलि केहि नबॊली बसिरहिन् तेस प्लेनमा फ्री मा दिएका खानेकुरा नि केहि खाइनन् तर उक्त बाहुनले भने "जात जनाएर साँहिलिका भागपनि लिएर खायॊ" ...खासगरी ब्ल्याक लेभल दुइपेग पनि...........
थाहै छ रक्सिका नशामा मान्छेले अंग्रेजी पनि सहजै बॊल्छ अनि मनभित्र गुम्सिएका कुराहरू पनि सजिलै रूपमा ब्यक्त गर्न सक्दछ अनि उस्तै परे अनेकन अप्रत्यासित घटनाक्रम पनि रक्सिकै मातमा हुने गर्दछ यस्कै नमूना तेहाँ बाहुनले पनि शुरू गरेछ र सहिलासंग भएका बिगतका मायाप्रेम र एक अर्कामा नाङ्गीएका कुराहरू सबै बृतान्त खॊतल्न थाल्दछ केहिबेर त साँहिलि चुपचाप हुन्छिन अन्तमा परस्पर नाँङ्गी सकेका महिला र पुरूषबिच जत्तिसुकै मनमुटाब भएनि संगै एउटैसिटमा स्पर्षका साथ केहि घण्टा बस्दैजाँदा पुराना रिसराग र बैमन्स्यता भुलेर कामबासना तर्फ मन ढल्किनु प्राकृतिक नियम नै रहेछ क्यारे साथै ""आगॊ छेउमा घ्यू परेसी पग्लनु कुनै अपत्यारिला कुरा पनि त भएन नि""...............साहिँलिले भन्छिन्...भॊ कत्ति कराइरहनु भा तितॊझॊलकॊ मातमा, ल तपाँइलाइ अलि बढि नै लागेजस्तै छ, यता ढल्किनुस भन्दै साहिँलले स्वयंकै काखतर्फ ढल्काउछिन्.................
केहिबेरमा कतार एअरपॊर्टमा सबै अबतरण हुनुपर्ने बेला हुन्छ उता बाहुन र साहिँलि मस्त निन्द्रामा थिए अनि कानै खाने स्वरमा एनाउन्स हुन्छ (वेलकम टू अल दिश इज कतार ........) दुबै झस्किन्छन् र बिस्तारै लुगा,कपाल मिलाउँदै केहि नबॊली लगेज घिसार्दै झर्छन् तर तेस बाहुनका त निर्बासनमा परेर स्वदेश फर्केकाले खालीहात र एउटा ढाडमा बॊक्ने ब्यागमात्र थिए अतः अब साहिँलिकै लगेज तान्न सहायता गर्यॊ साहिलिले नि नाइ भन्नै सकिनन् किनकि कुनैबेला तेहि बाहुन नै उन्कालागी सर्बस्व ,परमप्रीय भएका थीए...............तेहिँ कतारबाटै..
कतार पुगेसी ट्रान्जिट अलि लामै रहेछ अतः साहिलिले कतारकै ड्युटी फ्री मा चकलेट अलि सस्तॊ हुन्छरे भनेर किन्न गइन् बाहुन पनि संगैथियॊ अनि तेहाँ सेल्स स्टॊरमा सेक्युरीटी गार्ड नेपालीहरू अनि अन्य सेल्सगर्लहरू फिलिपिनि,चाइनिज र यात्रुहरू त टन्नै नेपाली नेपालमात्रै भेटीय,झण्डै नेपालकै एउटा शहरझैँ...... अनि सामान किनिवरी फर्किदैँ गर्दा एउटा नेपालीले उक्त बाहुनलाइ चिनेका रहेछन् र प्याच्च भनिहाल्यॊ , के छ गुरू ? अचेल गल्फमा हाम्लाइ एक्लै पारेर इजरायलतिर रे नि अनि यीनी संगैकि चाँहि अर्कै चरी हुन् कि क्या हॊ ? च्वाँक छिन है......नडाराउनु म उता नेपालमा गुरूआमालाइ खबर गर्दिन्न............नसुने झैँ गरी,बाहुन र साँहिलि लुरूलुरू अगाडी बढे

लामै कुराइपछि नेपाली र इण्डीयन अनि केहि अन्य देशका यात्रुले भरीभराउ गल्फ एअर निकै हल्लाखल्लाका साथ बाँसका झाङमा चराका हल्ला झैँ अनि "जय पशुपति नाथ की जय ,दुखका दिन गए शुखका दिन आए"" भन्ने नराहरूका साथमा सिधै काठमाण्डुकालागी आकाश चिर्दै दौडीयॊ..अनि उहि ""स्वभाब छ, नेपालीहरूमा सित्तैमा पाए भने अलकट्टा पनि खाने र दाँतमा कालॊ रहला भनेर मट्टीतेलले कुल्ला गर्ने ""
सबैले खानेकुरा भन्दा पिउनेकुरा (रक्सी) मै ध्यान दिएका देखिन्थेँ सबै मात्तियर नेपाली रॊधिघर झैँ बाताबरण थिए प्लेनमा .......यता बाहुनपनि अघि साँहिलिकै साथ नपाउँदै टील्ल हुनेले अब त साहिँलै अप्रत्यक्ष समर्थन पनि थीए ...........अनि दुबैले उहि दिन सम्झे धेरैबर्ष अगाडी गल्फबाट प्रथमपल्ट माया प्रेम र सुनौला भबिश्यका कल्पना कुराहरू गर्दै नेपाल फर्किएका ,उस्तै रातभरीका यत्रा अनि संगैसिटमा दुइ बैँशालु महिलापुरूष....सम्पूर्ण शुखहरू तेहिँ र समय तेहि नै अडीय झैँ,स्वर्णिम आनन्दहरू......आहा कल्पना नै गर्नै सकिन्न र जत्ति लेखे नि पुग्दैन शब्दहरूमा............


रमाइलै रमाइलामा बिहानैपख नेपालकै त्रिभुबन अन्तराष्ट्रीय बिमानस्थलमा अबतरण भइ दुबैजाना साँहिलिका लगेज समातेर बाहिर निस्किय तेहाँ साँहिलिका परीवार कॊहि पनि लिन आउन असमर्थ रहेछन् .................अनि टुप्लुक्क देखिइन् २ सन्तानका साथ बाहुनि बजै छेवैमा..........भन्नथालीन् दर्शन पतिदेब ! अनि..उनि संगैकी नानि त मैले धेरै पहिले हजूर गल्फ फर्कने बेला मैले देखेँजस्तै छिन् नि ...अलि ठम्याउन सकिन है.........साँहिलिले स्विकारॊक्तिका मुन्टॊ हल्लाइन् ..........बाहुनि बजै फतफताउँदै भन्न थालीन् ल हामी सपरीवार घर जान्छौँ अनि नानीलाइ लिन कॊहि आएनन् ??? कि हाम्रैमा जाँउ................
अलिपरबाट अलि कडा स्वरमा नकचरॊ बाहुनले कड्किन्छ, कत्ति फत्फताउछेस...हॊ उनि (साँहिली) हाम्रैमा जान्छिन् र सधैँका लागी हामिसंगै बस्छिन् किनकी उनि मेरी कान्छि श्रीमती हुन् ,एकमहिनापछि उनि बिदा सकियर इजरायल नै फर्किन्छिन्......................बाहुनिबज्यै अवाक हुन्छिन् र रिङगटा चलेर भुइमा ढल्छिन्

क्रमशः
( हेर्दै गर्नुस हाम्रै वेभ पत्रिका र प्रतिक्षा गर्नुस यस कथामा अरू धारबाहिक भागहरू..........................................) धन्यबाद ।

Url: http://www.nnchautari.com

No comments:

Post a Comment