उफ् ! कत्ती बस्नु बन्धनमा ?
हरेक इच्छाहरू मारेर
साह्रै गुम्सीएका छन्
मनभित्र छरपष्ट भावनाहरू
कल्पीरहन्छु हरपल
सुन्दर सपनाहरू तर के गर्नु ?
मेरा ति सबै कल्पना र सपना
निन्द्राबाट ब्युझिए झैँ
बिहानिसंगै भाताभुङ्ग हुन्छ......
जीबन कठिन छ
संघर्ष अनबरत गर्नुपर्छ
अनुभबले त मान्छेलाइ तिखार्ने रेछ
जीबनमा खुसीयाली मात्रै कहाँ ?
सधैँ सफल पनि त भइदैँन
तर परिश्रमी मान्छे
कहिल्यै रित्तै हुनु पर्दैन
मेहनतकै बाबजुद त मिल्छ
प्रतिफलमा या त सफल या असफलता......
असफलताले सधै च्वास्स बिज्छ
र पनि हरदम परिक्षा दिइरहनुपर्ने बाध्यता
अन्तरमनले स्विकार्नै सक्दैन
परिबन्ध र बिबश भएर बाँच्न,
पटक्कै रहर हुदैन.....
मन साह्रै मुलायम छ
बिश्वासमा पग्लिन्छ
मित्रता र कुरासंगै बहकिन्छ
लालचमा लिप्त हुन्छ
मायामा बिश्वास गर्छ तर
अ।फ्नैबाट घात पाँउदा.........
उफ् सहनशक्तीकै शरण लिनुपर्छ
यहि त एउट बाँच्ने उपाय छ......
जीबन अनि सहनशक्ती
कसरि बढाउनु,
रबर झैँ तन्क्याउने प्रयास गर्दा अ।यु झैँ घट्दै जान्छ।
खुसिकै चाहनामा मान्छे
जे गर्न र बन्न नि तत्पर
जहाँ पुग्न नि तयार
मृगतृणामा मरूभुमीदेखि हिमान्चल सम्म................
बर्मा गएनि कर्म संगै
तर गरिबीलाइ हटाउन
सुख प्राप्ती गर्न
धेरै रगत र पसिना बगाउँदा नि
सर्बसुलभ हुदैन
भाग्य नै यस्तै रेछ...
गह भरिएर,परेलिले थाप्नै सक्दैन
अबिरल अश्रुधार बग्छ बरर.........................
खुसी क्षणभर याद रहन्छ
दुःख काँडा बनेर मुटुमा
बिजाइरहन्छ......
शत्रुताले बिनाश निमत्याउँछ
मित्रताले बाँच्ने अ।धार......
यहि बाँच्नकै रहरमा
खुसि,मित्र,सफलता,उपलब्धि अनि धन
प्राप्तीका तृणामा भट्किँदा....
दुःखद परिणाम
अन्ततःसबैलाइ त्यागी
एक्लै यस संसारबाट
रित्तै बिदाइ हुनुपर्छ...
केबल इँतिहाँस छाडेर.........................
स्वयं जीबन्त रहन कठिन छ
तर कृती राख्ने प्रायासमा
धेरै जुटेका छन् यस्मा नि
सबै सफल कसरि ?
जीबन छउन्जेल
सत्कर्म,सत्मार्ग,असल मात्र
चिताउनु नि एक्लै बृहश्पती झुठा झैँ
यहाँ देश अनुसार भेष बदल्नुपर्छ ।।
परिबन्धले कहाँ कहाँ पुर्याउछ
समयकै बहाब संग हुत्याएर.....
उफ् !!!कत्ति कठीन छ सफल जीबन
र पनि
मृत्यु अपरिहार्य छ तैपनि बहन गर्न निक्कै मुश्किल छ.......
सुखी जीबन र सहज मृत्यु त भाग्यमै
लेख्या हुनुपर्छ तर कष्ठकर जीबन
सबैलाइ इश्वरिय उपहार रहेछ.....
अनि संघर्ष अपरिहार्य....
तर संघर्षपुर्ण जीबनमा
अभाबपुर्ण मृत्यू उफ् उफ्
काहालिन्छु......मृत्यू सम्झेर,
हरदम प्रयासरत रहेर जीउनु नै उत्तम.......
तर उफ् उफ्....
श्याम रॊक्का
Malka & hadar,29 nov.2010
14 years ago
No comments:
Post a Comment