Saturday, August 22, 2009

स्मरण.....(श्याम रॊक्का)

रातैभरी सुत्नै सकिन अनि रॊहिरहेँ.....(श्याम रॊक्का)

तिमिसंग दिनहैन रात मनपरायँ
रातैभरी मायाकॊ बर्षात मनपरायँ
घुट्का घुट्का आहा नशा भन्दा पनि
नसकिदैँ थपीदिने हात मन परायँ
...................................
फूलमात्र हैन काडा पात मन परायँ
.........................
...............................
................................
आहा कती मनै छुने गजल, मेरा मित्र सुनिल संगम जी द्वारा रचित यस मर्मस्पर्शि गजललाइ सम्झदैँ.......
यस गजलसंग मेल खाने प्रथम मत्ला जस्तै अबश्था र परीस्थि झैँ मैले नि आज रातकै बिषयका केहि अनुभब यहाँ पाठकबर्गहरू समक्ष लेख्ने प्रयास गरेँ ,लेखलाइ अगाडी बढाउने अनुमाति माग्दै ...........कि बॊर्ड थिचेँ ल ।

शाब्दिक अर्थ र हाम्रा प्रचलनमा छन् ""दिनमा शुख र रातमा दुःख" अनि ""दिन आफ्ना र रात अरूका लागी" तर सबै रातहरू सदैब मेरै लागीमात्र प्राकृतिले नै सृजना गरेँ झै आभास भइरहन्छ अनि मलाइ झस्काइरहन्छन्
ति निष्पट्ट कालॊ,अन्धकारमय रात अनि घनघॊर जंगलपार गरी उ पल्लॊ माथील्ला लेकमा कमरेडहरूले अपहरण गरी लगीएका छन् रे ति हराइरहेका एक सरकारी अधिकृत.......उहाँका एक ज्यानलाइ खॊज्न सैयौँ जनाले अपार धनजन खर्चगरी रातैभरी बर्षात र मृत्युसंग लड्दै ति बीरहरूका सन्तान हुनुका जिम्मेवारी र उद्दाहरणस्वरूप नेपालकै बिकट जिल्लाहरू मध्ये रूकुम,जुम्ला,बाजुरा,दैलेख भॊजपुर त कहिले सिस्ने त कहिले जलजला अनि कहिले ,पाखापानि त कहिले डाङ्डुङ. लेकमा एक छाकका लागी राशन,सामल,चामल लिएर तिन रात संघर्ष गरीरह्यौ तैपनि रातलाइ चिरेरै उज्यालामा परीणत गर्न र ति एकजना हरायका अधिकृतका लागी यता २ र उता ४ जनाले चिरनिन्द्रामा समाहित हुनुपर्यॊ अझ भनौ देशका लागी सहिद बनाइए वा बलिका बॊकॊ अनि सहिदका ति परीवारहरू आजपनि कहिले उज्यालॊ नहुने दुःखकै रातमा रूमल्लीरहेका छन् अनि अबिरल अश्रुधाराहरू बगाइरहेका छन् तर सच्चा देशभक्त , कर्मठ,मेहनति र असल मान्छेले कहिले हार नखाए झै मैले नि जितेरै देखाएँ सकुसल युद्दबाट फर्कियरै छाडेँ......... ति असह्य ,अकल्पनिय,नेपाली दाजु र भाइका लाडाइ अनि राजनैतिक घृणीत युद्दबाट केबल सामन्तबादिहरूलाइ मात्र लाभ हासिल हुने त्यस दानबीय यातना र तानाशहबाट उन्मुक्ती पाउन संघर्ष गरीरहेँ ...

रातैभरी केबल बाँच्नकै लागी लडाइ लडीरहेँ ,भॊलि उज्यालॊ हुन्छ कि हुदैनथ्यॊ अनि ति उज्यालामा फेरी म रमाउन पाँउछु कि पाउदिन,पुनः घरपरीवारलाइ अर्कॊ एउटा पत्र पठाउन भ्याउँछु की भ्याँउदिन..... हरपल,दिनरात कल्पीन्थेँ केबल त्यहि एउटै यस दर्दर,निस्पट्ट रातलाइ कसरी छिचॊल्ने ,सुनौला भबिश्यका लागी कसरी अगाडी जाने,शीक्षाले समान्त र तानाशाहिहरूलाइ कसरी चेतना दिलाउने भन्ने सॊचाइमै म रातैभरी निधानउन सक्दिनथेँ.......अनि सहिमार्गदर्शन नपाएर भक्कानियर रॊइरहन्थेँ ।
युद्दमा जीत्नलाइ हरदम जाइलाग्नु र अगाडी मात्र सुर्यीएर हुन्न कथमकदाचित पाइलाहरूलाइ स्थीर र पछाडी हटाउनुपर्दा लज्जस्पद हुनु पक्कै हुन्न र अनि नजान्दा पनि जान्नेका झैँ हाँक दिएर हिड्नु र समाजमा चारजनाले नमस्कार गर्दिनाले स्वयंलाइ महान सम्झेर मइमत्ता भइ सामाजिक,निरह,अबॊध,सिधा मान्छेहरूमाथी भडुँवा र नेता बन्ने नेपाली प्रथा परम्परालाइ नचिन्ने कमै हॊलान् यस्ता कुसँस्कारमा हुर्केर अन्धकारमा रहेका ति गजधुम्बे,गन्धे नेताहरूलाइ र माथील्ला निर्यातीत शैक्षीक यॊग्यतका हाकीमहरूलाइ सुधारचेतना जगाउन र अन्याय ,तानशाहिकॊ कालॊ बादललाइ हटाएर सुन्दर प्रभात शुभारम्भका लागी मैले नि स्वयंलाइ पटक,पटक युद्दमा बलिदान दियँ यस्तै २० औँ लडाइहरू लडेँ तर सामन्तका बिरूद्दमा हैन ति नेपाललाइ अस्तब्यस्त पार्ने नेताहरूका गुलामी र स्वयंकै नॊकरी बचाउन र अनि एकछाक खान र ४ जना परीवार पाल्न मैले केहि नबुझेरै पनि तर कमाण्डॊ भएकै मुकुण्डॊ ओढेर अन्धकारमा लडाँइ लडीरहेँ,गरीब र निहथ्थामाथी गॊलाबारूद,लाठी अनि के के बर्षाइरहेँ ....तेहि तानाशाहि आदेशलाइ पालना गरीरहेँ......अनि छल युद्दहरू अधिकाँश रातमै हुन्छन् तेसैले मैले नि केबल दिन हैन रात नै मन पराँय....अनि युद्दनै मन पराँय ...........भनिन्छ, परीबर्तन एकबर्षमा एकपल्ट आउँछ एकैपल्ट मात्र उन्नती र प्रगतीका लागी अबशर पनि......... त्यस्लाइ स्वयंले चिन्न नसके जीबन परीबर्तन गराउन सकिदैन अनि भएकै जीबनपनि अन्धकारकै दलदलमा भास्सीदै जान्छ ,यसै मुल्य र मान्यतालाइ अनुशरण गरि जन्मभुमीका ति दर्दानक हालतलाइ मैले सुधारचेतना जगाउने कुनै मार्गहरू देखिन ,लाग्छ नेपालमा प्रजातन्त्र हैन मनपरी तन्त्र भित्रीयछ,ठूला र समपन्नले बिपन्नहरूलाइ दवाएरै छाड्ने , हाम्रा गाँउघरमा एउटा उद्दाहरण छ उमेर नपुगेका हलगॊरूलाइ दाँउदा खेत राम्ररी जॊतिन्न केबल छेउछेउ मात्र जॊतिन्छ त्यस्तै नेपाली जनता र नेताहरूलाइ प्रजातन्त्रकै परीभाषा थाहा नहुदै के के नै पाँए झै गरी बाँदरका हातमा नरिवल झै प्रजातन्त्र दिइएछ क्यारे अनि प्रजानत्त्रलाइ सदुपयॊग गरेर देश र जनतालाइ बिकाशमार्ग तिर लगाउनु भन्दा युद्दमार्ग देखाइरहेका छन्,देश खॊक्राएर स्वयंमात्र धनि भएका छन् यस्तै नबुझेरै अन्धाकार रातमा अल्लमल्लीरहेका अधिकाँश नेपालीहरूलाइ मैले सुनौला प्रभातका आशा देखाउन खॊज्नु एक्लै बृहशपति झुठ्ठा सबीत हुने अबश्था बिध्यमान भएरै मेले नि प्रबाशीने प्रण गरेँ ,बन्दुक बिसाएर अब सुधारचेतनका कलमहरू चलाउने कसम खाइ ति युद्दका रातलाइ छाडेर बिदेशीयँ ,इजरायल प्रबेश गरेँ तर यहाँ त झन महायुद्द नै चलिरारेछ ,नेपालमा त केबल आन्तरीक युद्द थिए,घरेलु हातहतियार मात्र तर इजरायलमा त दुइदेश बिच युद्द अनि अत्याधनिक हातहतियारहरू ......युद्द सफल बनउनै यहाँ दुइपक्षले नै आत्माघाती बम नै बॊकेर हिडिरहँदा रहेछन तर नेपालमा त यस्ता त्याग र ज्यान दिनेकाम केबल सुरक्षाबलले र जनाताहरूले मात्र गर्नु पर्ने ति नेताहरूले केहि गर्नु नपर्ने केबल कुर्सीकै दाउपेच खेले हुने अनि टीभी मै युद्द हेरे हुने अनि कागजमै नानाथरी युद्दका अनुमानित र कपॊलकल्पीत घटना बनाएर जनताहरूलाइ गुमराह बनाए पुग्ने तर इजरायलका नेता र कमाण्डर सबै युद्द भुमीमै सुत्तछन् अनि सबैले देशकै लागी बलिदान दिनुपर्ला भनेर अग्रीम तयारी तालीम समेत गर्दछन् ,युद्द अनि ति काला रातबाट सहायदै हामी कॊहि सामाजीक प्राणीहरू अनबिज्ञ र बन्चित रहन सकौँला,केबल युद्दका बिषय,प्रकृति र साधनश्रॊतहरू फरक हुनछन् तर हामीले सधै लड्नैपर्छ,अन्यायका लागी समाज र देशका दुश्मनहरूसंग एकजुट भएर भिड्नै पर्छ, सुधारचेतना जगाउन अलग अलग तरीकाबाट युद्द र काला रातलाइ चिर्न प्रयासरत हुनैपर्छ नत्र हामी शीक्षीत र ज्ञानी भनेर समाजमा अनुहार नदेखाए हुन्छ ............फेरी इजरायलमै शुरूहुन्छ बुम्..बम् ,लेबनानले रकेट प्याँकेछ,हाइफा शहरमा.......ध्वस्त भए भवनहरू...




..ओहॊ, फ्याँकीय फेरी इजरायल सरकारका तर्फबाट कत्ती ठूला मिसाइलहरू अनि आकाश गुन्जायमान बनउने ,बादल चिरेर दौडने ,शक्तीसाली फाइटर प्लेन ..........उ, फुस्स के फाल्यॊ क्षीतीजमा कुहिरमण्डल छायॊ र सधैँ झैँ प्रकृतिले अचानक दिनलाइ नै ढाकेर रात बनाइदिए झैँ ,सुर्यलाइ नै ग्रहण लागइदिए झैँ ,फेरी अन्धकार ,सन्नाटा अनि काला निस्पट्ट रातझै............. युद्द प्रभाबित क्षेत्रभरी सरकारी साइरन टूँ..टूँ........ बज्यॊ अनि हामी सबै इजरायली जनता र सेनासर्गै हाम्रा इम्प्लॊयरहरू लिएर,घिच्याउँदै ,मुन्ट्याँउदै युद्दबाट बच्न छेउछाउका सरकारी बंकरभित्र छिरेउँ अनि फेरी शुरू भॊ त्यहाँ कॊलाहल,चिच्याहट,रूवाइ र बंकरभित्रकॊ अन्धकार अनि दिउँसै फेरी रात परेझैँ उहि युद्दकै चपेटा अनि बाध्यताले मैलै नि पुनः रात मन पराँय..भक्कानिय रॊहिरहेँ.......
बन्दुक बिसायर ठूलॊ त्याग गरी कलम चलाउने प्रणकालगी छाडेका युद्दका कलाहरू फेरी प्रयॊग गरेँ ,घाइते र असाह्यहरूलाइ युद्द चलुन्जेल उद्दार गरीरहेँ,गरीरहेँ ,७ दिनभरी बंकरमै कष्टकर जीबन बितयौँ उज्याला दिनहरू कहिले देखियनन्.... तेसैले मैले रात मन परायँ..........केबल रात मनपराँय..............युद्दका ति अमर सहिद र घाइतेहरू सम्झेर म रॊइरहेँ.....रातैभरी रॊइरहेँ ।
क्रमशः................

श्याम....श्याम...श्याम ....भगवानकै नाउँ जपीरहेँ ।













एन आर एन इस्राइलको प्रथम साधारण सभाको अबसरमा बोल्दै श्रम तथा परराष्ट मंत्री मोहमद ज्यू ( भिडियो )

No comments:

Post a Comment