Sunday, September 6, 2009

जन्मदिन (माल्का) बिबेचना

बर्थ डे बृतचित्र हेर्नुस
(भाग एक)

दॊश्रॊ जन्मदिन (माल्का)
०५ सेप्टेम्बर ,२००९ ,इजरायल ।
("माल्का" शब्दकॊ अर्थ हिब्रॊमा "रानी" भन्ने बुझाँउछ )

बच्चा प्रजनन् गर्नु (हुनु) एक प्रकृतिक नियम अन्तरगत पर्दछ यस्मा नि संसारकै प्राणीहरू मध्ये सबैभन्दा बिकशीत मनस्थिति भएका मानिने मानिसकै बच्चा जन्मदाँखेरी जत्ती दुःखी र रूवाइ अनि चिच्याहट् नि प्रशब बेदनाकै अन्तिम चरणमा पुगेकी ति महिला रॊदनका साथ अस्पताल वा गाँउघर थर्कने गरी कराइरहेकी हुन्छिन् ति दर्दनाक र पीडाका घडी सहायदै कसैले शब्दमा ब्यक्त गर्न सक्ला र तेतिखेर ति महिलाले स्वयंका पतिदेबलाइ नानाभाँति भनेर सराप्दै गरेका क्षणलाइ सुन्नमात्र पनि ठुलै मुटु चाहिन्छ अझ भनौँ गालीगलॊजका शब्दहरू सुन्दा कलेजॊ नै फाटेर आउन सक्छ तर जब उक्त महिलाले नबजात शिशुलाइ यस धर्तिमा अबतरण गराउँछिन् बच्चका अनुहार देख्दछिन तब उक्त महिलाले स्वयंलाइ सबैभन्दा भग्यमानि र ति ५ मिनेट अगाडीका असह्य पीडा चटक्कै बिर्सेर ति नबजात शिसु र पतिदेबलाइ अनगीन्ति माया र चुम्बनहरू बर्षाइरहेकि हुन्छिन् त्यस समयमा एउटा अलौकीक अनुभुति र आनन्दकॊ महशुस हुन्छ जुन मैले पनि आजभन्दा दुइबर्ष अगाडी इजरायलस्थित इखिलॊब अस्पताल,तेलअभिबमा महशुस गरेकॊ थिएँ तत्पश्तात हामी दम्पतिका जीबनमा नयाँ खुशी,नयाँ खुट्कीला ,नयाँ उमंग,नयाँ जीबन र नयाँ बिहानि र अप्रत्यक्ष रूपमा अनगीन्ति समस्या लिएर आइन् अनि नब प्रभात झै झुल्कीइन हाम्री प्यारी छॊरी "माल्का" गैह्रकानूनी भएपनि कानूनी अपबादहरू पूर्ण रूपमा पालना गरीवरी, रित पुर्याएर....................
प्रबाशि इजरायलमा हामी नेपाली दम्पति अनि हिन्दु धर्मावलम्बी र श्री गणेशकै परमभक्त भएकाले बारम्बार भगवानलाइ नै प्रर्थना गरीरहन्थ्यौँ जस्का परीणाम र आशीष स्वरूप "माल्का" साँढे तिन केजी (३.५० ग्राम) तौल लिएर हँसिली र रसिली रूपमा जन्मलिएकी थिइन र त्यस दिन हामीलाइ ज्यादै नै सहायता गर्ने मेरा इजरायलका सहकर्मी आत्मीय मित्रहरू...........अपार्टकै पारूदिदि,शर्मीला बहिनी र अन्य दिदी बहिनिहरू जस्ले एउटै आमाकै कॊखबाट जन्म नलिएता पनि प्रबाशमा हामी प्रति देखाएका सहायता र नाता सम्बन्ध अनि सद्भाभाव र जीम्बेवारीले गर्दा सदैब हामिले ति दिदि र बहिनिहरू रगतका नाता भन्दा नि मानबिय नाता र भावनाका नाता बलिया हुँदा रहेछन यदि समस्या पर्दा सहायता गर्छन भने ति नै सबैभन्दा असल मित्र र नजिकका नता अनि गड फादर,मदर समेत हुँदा रहेछन् भन्ने पाठ पनि सिक्यौँ प्रबाशी जीबन तैपनि इजरायलमा अधिकाँश फुर्सदी कॊहि हुदैनन् तथापी ब्यस्त समयका बाबजुदपनि अस्पतालमा अनबरत सहायताका लागी खटिइरहनेहरू........................
स्लाइड साे तस्बिरहरू
कुमार दाइ (जेठान) बिपीन भाइ (साला) उहि अपार्टकै सबै सदस्यहरू अनि मीना दी तथा अन्य शुभेच्छुहरूकॊ म जीबनभर ऋणी समेत भएकी छु अतः म हरपल मेरा बर्कतले भ्याएसम्म इजरायलमा बसुन्जेल ति सबै गुणी ब्यक्तीहरूका ऋण तिर्न अनबरत प्रयासरत समेत छु "भनिन्छ ताली केबल दुइहातले मात्र राम्ररी पड्काउन सकिन्छ" यस्तै मद्दत र सहायता पनि दुइपक्ष भएमात्र सदाबहार र दिगॊ मित्रता बन्न सक्छ अनि शुखमा र खुशीका क्षण बाड्न त प्रशस्तै साथीहरू पाइन्छन् तर जब दुःख र बिपत्ती पर्दछ त्यस क्षणमा सहायता गर्ने मानिसहरू नगन्य रूपमा पाइन्छन् र जस्ले दुःखमा सहायता गर्दछ उ नै महान र सार्थक ब्यक्ती समेत कहलाँउछ....भगावन भनेकै तेहि सहायता गर्ने दुइहातलाइ नै अप्रत्यक्षरूपमा मान्नुपर्दछ भन्ने मेरा अनुभब र मान्यता पनि हुन् अत मैले बाचुन्जेल निष्पक्ष र निस्वार्थ सहायता गर्ने कसम समेत खाएकॊ छु...........सकेकॊ सहायता पनि गरेकै छु ....बिबिध बिषयमा......पटक,पटक....
इजरायली प्रबाशमा एक महान चुनौतिका रूपमा हामीले नेपालीकामदारहमध्ये बाट नै रितपुर्याएर जन्माएका बच्चा सहायदै प्रथम भन्दा पनि हुन्छ किनकी यस्भन्दा अगाडी पनि नेपालीहरूबाटै इजरायमा बच्चा जन्मिएका भन्ने एउटा किम्बदन्ति झै सुनिन्छ न कुनै नजिर न कुनै अता पता नै छन् ति हाम्री माल्का भन्दा जेष्ठ प्रबाशी इजरायमै जन्मेका नेपालीहरूका बच्चाहरूका...............................अतः इजरायलमा धेरै अध्यन र लगानि अनि ठुलै कष्टका साथ माल्का जन्मिएकि भएकीले हामीले एउटा नयाँ इतिहाँस (नजिर) खडा गरेँउ र पछिल्ला नेपाली कामदारहरूलाइ इजरायली प्रबाशमा गैह्रकानूनी भएता पनि रितपुर्याएर बच्चा जन्माउन अधिकाँशलाइ सल्लाह दिइरहेका छौँ र कत्ती जनालाइ त अस्पताल सम्म पनि पुर्यार्का छौँ त कत्ती जनालाइ सुत्केरी गराँउदा लाग्ने ठूलै धनराशी समेत बिना धितॊ र सहुलियत ब्याजदरमा ऋण समेत हामीले दिएका छौ अन्ततः ति बच्चा जन्माइ बसेका नेपालीमहिलाहरूलाइ सहज हॊस भन्ने हेतुले हामीले मेसिलामा दर्ता गरी इजरायलमै नेपालीद्वारा सन्चालीत प्रथम "माल्का बेबीकेयर सेन्टर" समेत सन्चालन गरिरहेका छौँ जहाँ नेपालीहरूका बच्चाहरू राखेर ति बच्चाका माउहरू निर्भिक रूपमा काममा जान सकिरहेका छन् यहाँ नेपालीहरूका लागी भनेर निश्चित टाइमटेबल नबनाइ बच्चालाइ अनुकुल र माउहरूलाइ समस्या पर्दा छुट्टीकै दिनमा समेत "माल्का बेबीकेयर सेन्टर" खुल्ला नै गरिरहन्छौँ यस्लाइ तपाइहरूले कसरी लिनुहुन्छ एउटा मानबिय सहायता वा ब्यापार यॊ तपाइहरूकै सॊचाइमा भरपर्दछ ।
समय परीबर्तशिल छ अनि बेला बेलामा कॊल्टे फेरीरहन्छ तेस्तै गत जुलाइ देखि पनि इजरायलमा रहेका सबै भिसा नभएका प्रबाशीहरू र तिनका बच्चाहरूलाइ स्वदेश फर्काउने भनेर नब निर्बाचित इजरायलसरकार प्रमूख ज्यू प्रम. बेन्यामीन नेत्यानेहु ले एक्ले अर्डर जारी गरे जस्ले ति बालबच्चाहरूका भबिश्यमाथी प्रश्न चिन्ह खडा भएका थिए जस्का बिरूद्दमा इजरायल स्थित सामाजिक सेवाका संस्थाहरू ,हटलाइन र इजरायलमै च्याउ झै उम्रीयमा दर्ता नभएका नेपाली संस्थाहरूका समेत नगन्यरूपमा गरेका सहायताले जुन पटक,पटक बिरॊध जुलुस ,मार्चपास,सडकजुलुस इत्यादि गर्दै आयौँ यस कार्क्रममा अग्पङ्तीमा म र सुन्दर नेपाल उभिन्थ्यौँ जस्मा ब्यक्तिगत रूपमा सहायता गर्ने एन,आर.एन अध्यक्ष (भुवन सिँ कुवर) र अर्का पदधिकारी दिनेश प्रसाइका सहायता लाइ यी बच्चाहरूले सधै अभिबादन टक्रयाइरहेका हुनेछन् किनकी तेस जुलुस र नाराकै परीणाम स्वरूप सेप्टेम्बर ०३ गतेबाट इजरायली प्रम.कॊ ब्यक्तिगत अर्डर अन्यायपूर्ण भएकॊ बुहुमत संसदहरूले पेश गरेपछि पुनः नयाँ नियम बनाइ भबिश्यमा लागु हुनेगरी "डेपॊर्टेशन" खारेज गरीएकॊ छ र आशा गरौ नयाँ नियमले जन्सिद्द अधिकारका पक्षमा नै केहि सकारात्मक धारणा लिएर आउनेछ............


यस्तै "डेपॊर्टेशन" कै मध्यस्तमा पिडादायी भैरहेका अबशरमै सेप्टेम्बर ०५ ,२००९ मा हाम्री छॊरी माल्काकॊ जन्मदिन अनि जन्मदिनकै खुशीयाली मनाउन हामीसंगै मिश्रीत दुःखहरू "डेपॊर्टेशन" कारबाहिले पलपल यस जन्मदिनका रमाइला उत्सबलाइ नै फिक्का बनाइ रहेझैँ थियॊ तर भगावानकॊ आशीष र हाम्रा शुभेच्छुकहरूका कामनाले अनि ति जुलुस,संघर्षले सहि नतिजा पाएरै छाड्यॊ र माल्का कै जन्मदिनका दुइदिन मात्र अगाडी इजरायल सरकारकै तर्फबाट अबिश्मरणीय बर्थ डे उपहार "डेपॊर्टेशन क्यान्सिल" भन्ने समाचार पाइयॊ र माल्काकॊ दॊश्रॊ जन्मदिन स्वंयकै अपार्टमा ०५ सेप्टेम्बर २००९ मा धुमधाम गरी मनाइयॊ ,उपस्थीतहरू पाउनाहरूः (नेपाली दुताबासका सहाचारी श्री थान प्रसाद शर्मा , एन.आर.एन. इजरायलका अध्यक्ष श्री भुबन सिँ कुवर,अनेशास इजरायल च्याप्टका अध्यक्ष सुनिल संगम,इजरायलमा प्रकाशी नेपाल चौतारी पत्रिकाकै उत्कृष्ट लेखक कृष्ण थापा,नैपालीहरू मध्येकै एकमात्र रजिष्टर्ड पत्रकार अर्जुन जयसवाल ,इजरायलमा केयगीभरका रूपमा प्रथम(सन २००२) प्रबेश गर्नुहुने मेरै जेठीसासु (निरू दिदी) र अन्य हाम्रा सहकर्मी असल मित्रहरू र मेरा एकाघरका परीवारमात्रै ) उक्त अबशरमा हाम्री प्यारी छॊरी माल्कालाइ शुभकामना र उपहार दिइ कार्यकमलाइ सुनमा सुगन्ध बनाइदिनुहुने सम्पूर्ण मेरा आमन्त्रीत मित्रहरूमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु र अस्वस्थताका कारण अनुपस्थित रहनुभएका हाम्रा पुजनिय दाजु डा. बिष्णु चापागाइ दाइकॊ शिघ्र स्वास्थयलाभकॊ कामना समेत गर्दछौँ र अन्य पाहुनाहरू कामबिशेषले सहभागीता हुन नपाउनु भएकाले तेश्रॊ बर्थडे भने इजरायलस्थित नै बसाइ भएछ भने इन्डीयन तन्दुरी, डीजीङकॊबमा गर्ने बिचार छ ,अग्रीम निमन्त्रणा समेत गर्दछु ल..स्वीकार्नुस..............अनि अ।ज हामीले नेपालका सपरीवार खुब मिस गरेँउ, के गर्नु नि ??
बर्थ डे बृतचित्र हेर्नुस्
(भाग दुइ )
अन्तमा कार्यक्रम पश्चात "मताना" गीफ्ट गणना गर्दै जाँदा त हामीले लगानि गरेका भन्दा तेब्बर हाम्री छॊरी "माल्का "ले पाएकि रहिछन् ... तेसैले मलाइ नि बुढेसकाल भएनि इजरायलमै बस्दा त एउटै बर्षमा २,३ पल्ट मेरै बर्थडे मानउन जॊश उम्रेर आइराछ, खै के गरूँ...गरूँ..............उचित सल्लाह दिनुस न प्लीज .......धन्यबाद ।

No comments:

Post a Comment