Saturday, March 6, 2010

ताजा सम्झनाहरू.....सन् २०१० पछि



बृतचित्र(सपरीवार) इजरायल ।


इजरायलमा सपरिवार हिउँ खेल्दै (बृतचित्रः)

गज़लः

माया इश्वरीय बरदान,नसम्झनु श्राप ।।
प्रेम दुइआत्माकॊ मीलन,हैन यॊ पाप।।

अनायासै लाग्ने रेछ,प्रेमरॊग जवानीमा
नयाँ अनुभुतीसंगै,हुन्छ मानसिक चाप।


गीत,गजल,संगीत अनि प्रेम अनिबार्य
सबैकॊ रॊजाइ यॊ,छाड्नेछ मनमा छाप ।।

हार्दैनन् सच्चा प्रेमी,रूडीबादी समाजसंग
शत्रुता नि पग्लिन्छ,परेसि मायालु ताप ।।

प्रेममा समानता,श्यामस्वेत बर्ण र जात
परस्पर समझदारी भए,जीबन फलि फाप ।।










Tuesday, December 15, 2009

New Year wishes


Happy New Year to all

Monday, December 14, 2009

Sunday, November 15, 2009

जिसेज क्राइष्ट जन्मस्थल,बेतलेयाम,प्यलेस्टाइन ,भ्रमण ।

दुइहजार बर्ष पुराना रंगीन भुइ बुट्टाहरू हालसम्म जस्ताजस्तै संरक्षण गरी राखिएका छन् यस बृतचित्रमा हेर्नुसबृतचित्र बेतलेयाम(जिसस क्राइष्ट जन्मिइकाे ठाँउ) जादैँ नेपाली समूह २०० जना भन्दा धेरै...

बृतचित्र हेर्नुस
बृतचित्र हेर्नुस्




बृतचित्र हेर्नुस





Tuesday, October 20, 2009

प्रेमकथा (श्याम रॊक्का)


रूडीबादी शमाजले उब्जायकॊ फाटॊः
प्रेमकथा (श्याम रॊक्का)
अनेसास,इजरायल च्याप्टर ।
शसी निक्कै सुन्दरी र धनाड्य परीवारकी एउटी सन्तान थिइन् जस्का बाल्यकालदेखि नै गाँउभरीका साथिहरूसंग खुल्लारूपमा घुलमील र चलखेल हुन उन्का परीवारले बन्देज लागाइ सम्पूर्ण अत्यावाश्यक्ताहरू घरमै उपलब्ध थीए तै पनि पढ्न भने गाँउकै नजिकै स्कुलमा जाने गर्दथिन् तेहि एउटै गाँउमा बस्ने श्याम जस्लाइ शमाजले तल्लॊ जाती भनि उपनाम दिएका परीवारकॊ एक मेहनति ,मिलनसार र अत्यन्तै गरीब सदस्य थियॊ,संगै एउटै कक्षामा पढ्दै जाँदा शसीभन्दा श्याम अलिक तिक्ष्ण बुद्दि र पढाइमा अगाडी भएकाले सानै उमेरदेखि नै शसिकॊ अन्तरहृदयमा श्यामप्रति एक किसिमकॊ मित्रताकॊ भवना पलाइरहेकॊ हुन्छ तर शामाजीक बन्धनका कारण सहजै ब्यक्त गरि नजिकिन सक्दैनथिन् , गाँउका स्कुल अनि धनिमानीकै हरेक कुराहरू सुनुवाइ हुन्छन् ,झन् स्कुलभित्र गन्धे राजनितिक पनि तेस्तै शसिका बाबु तेस स्कुलका सन्चालक समीतिका अध्यक्ष पनि थिए तसर्थ प्रथमीक कक्षास्तरमा शसी भन्दा श्याम तथा अन्य साथीहरू पढाइमा तेज भएपनि अन्तिम परीक्षामा सधैँ नै शसीलाइ नै प्रथम भनेर नतिजा प्रकाशीत हुन्थे यस कुरामा श्याम तथा सबै बिध्यार्थीहरू ज्यादै दुःखी थिए तर थाहै छ, नेपाली रूडीबादि समाज अनि संकृण बिचारधाराहरू भएका तेस्ता अभिभाबकका अगाडी श्याम नाथेले जॊरी खॊज्नु कुहिनाले पहरामा ठक्कर दिएँ झै मात्र साबित हुन्थे अतः श्याम झै सबै तैँ चुप मैचुप थिए ।
समयचक्र निरन्तर चलिरहन्छ अनि मेहिनि मान्छे कहिले बिफल हुनुपर्दैन तथापी प्रथम बन्न नसक्ला तर अरूका भरूमा प्रथम दर्जा पाउने ब्यक्तीका मगजमा गुदि कत्ति हुन्न भन्ने कुरा जिल्ला स्तरीय कक्षा ८ कॊ परीक्षाकॊ नतिजाले प्रष्ट्याइदियॊ तेहिनिर शसि कक्षा ८ अनुतिर्ण भइन् र श्याम लगायत अरू सबै उतिर्ण भए तथापी श्यामले शसीलाइ एउटै कक्षाकॊ मित्र भएकाले र समाजमा प्रतिष्ठीत घरकी सन्तान भएकी भएता पनि कुनै मतभेद नराखि स्कुलमा बेलाबेलामा क्लासवर्कहरूमा सिकाउदैँ आइरहेकै थियॊ अनि यस्पाली अनुतिर्ण हुदाँ पनि " असफलता नै सफलताकॊ चिन्ह पनि हॊ "हरेस नखानु र पढाइ नछाड्नु भनेर सम्झाउन पछि परेन ,ति मार्मीक बचनले शसीले श्यामलाइ अंकमाल गर्दै घुँक्क..घुँक्क रॊइरहिन् तर सम्पन्न परीवारका बिपन्न धारणाका कारण शसी ८ कक्षा अनुतिर्ण भएका कारणले अर्कै स्कुलमा लगेर फेरी ९ कक्षामा शसीले नमान्दा नमान्दै पनि बलजफत्ती भर्ना गरीदिए अब शसीलाइ झन बढी पढाइमा भार पर्यॊ र असल मित्र श्यामबाट पनि टाढा भइन् यसरी क्रमशः समयहरू बित्दै गए दुबैमा कुर्कुरे बैँशले पाइला टेकिसकेका थिए अनि गाँउमा मेला पर्ब हुँदा अप्रत्यक्ष रूपमा शसी सधैँ श्याम संग नजिकिन,छुन र स्पर्ष गर्न चाहिन्थिन् तर श्याम सिधा र सॊझॊ अनि गरीब मान्छे समाजका डरले मनमै मात्र मायाहरू बुनिरहन्थ्यॊ तर ब्यक्त कहिले गर्नै सकेन अन्ततः तेहाँ शसी र श्यामबिच अन्तरहृदयमा मात्र मायाका फुलहरू खेलीरहे तर प्रष्फुटन दुबैले गर्न सकेनन् यस्तै यस्तै गरी प्रबेशीका परीक्षा दुबैले प्रथम श्रेणीमा नै पास गरे अनि कलेज जाने तर्खरमा श्यामे सधैँ समाजमा सुधारचेतना ल्याउन पर्छ भन्दै सबैले चिन्ने र स्वयंका खुबी सबैलाइ बाड्न पाउने ,अनि खुल्लारूपमा शमाजका नकारात्मक पक्षका बारेमा बिरॊध गर्न पाउने एकमात्र भरपर्दॊ माध्यम पत्रकार बन्ने रहरले आर. आर. क्यापस,प्रदर्शनि मार्गमा भर्ना हुन्छ उता शसीलाइ भने धानढ्य परीवारकॊ रितिरिवाज अनुशार ""छॊरीलाइ धेरै पढाएमा पॊइल जान्छन् ""भन्ने उहि पुरा किम्बदन्तिकै अनुन्यायी भइ बिबाह गरीदिने निधॊ हुन्छ अब शसीका मनमा फक्रदैँ गरेका श्याम प्रतिकॊ सच्चा मायामा कुठारापात झैँ भए र श्यामलाइ भेट्न हत्तारीन्छे तर कुनै बहाना नै मिल्दैन् अन्तमा एकजना श्यामकै नातेदार बहिनि जॊ शसीकै मित्र थिइन् उनि मार्फत हाते पत्र लेखि मनका भावनाहरू प्रथम प्रेमीलाइ दुइहरफ प्रेम पत्रका रूपमा लेखि पाठाइन्......
"माया इश्वरकै बरदान हॊ









मान्दिन म असमानता ।।
चाडै नै भेट्न आउ प्रीय
सिद्धिसके मेरा सहनसिलता ।।""
- तिम्रै शसी
शसीका यस्ता मायालु र हत्तारीयका पत्रले श्यामलाइ मनमा अनेकन सवालहरू एकैपल्ट उत्पन्न हुन्छ तैपनि सहज थिएन तेहाँ भेटघाट अतः जबाफमा लेख्छ " कुनै बहानामा एकदिन गणेश मन्दिरमा पुजा लिएर एकाबिहानै आउनु म प्रत्यकदिन बिहान ६ बजेदेखि ७ बजेसम्म तेहि मन्दिरमै कुरीरहन्छु नभेटुन्जेलसम्म तिम्लाइ इश्वरले मायालु र शहनसक्ती प्रदान गरून्""
दिन,हप्ता ,महिना बिते सधै बिहानिपख गणेश भगावनलाइ प्रार्थना र शसिलाइ भेट्ने बहानमा मन्दिरतिर श्यामे हुत्तिरह्यॊ तर शसीसंग भेट भएन अचानक उहि शसिकै साथी र गाँउभरी हल्ला फिँजीयँ पर्सी त शसीका बिबाह रे पल्लॊ गाँउका जमिन्दारकॊ छॊरासंग..............................श्याम अक्क न बक्क भयॊ न शसीलाइ भेटेर मनका कुरा राख्न पायॊ न कुनै सहानुभुतिका कुराहरू गर्नसक्यॊ न माया नै जताउन सक्यॊ यस्मा सबै दॊष श्यामकै गरीबिकॊ कारण र शामाजिक परीबन्धका कारण अनि असमानताले गर्दा नै हॊ भनि श्याम थकथक हुदैँ एक्लै रॊइरह्यॊ.................भॊली शसिकॊ बिहे गाँउघर गुन्जायमान छ ,तॊरण ,ध्वजा पतंगहरू बाटैभरी र बिहेघर झिलिमिलि छन् तर श्यामका मनमा निष्पट्ट अन्धकार अनि उ घरपछाडी परालकॊ कुन्युमै बसेर केहि गमीरहन्छ, धिक्कार्छ ,उस्का गरीबी ,जात र यस रूडीबादि समाज अनि स्वयंकॊ असक्षमता अनि प्रथम प्रेमीकालाइ नै अरूले सन्दुर हाल्ने भॊलीका दिन सम्झेर मुटु भक्कानिन्छ र आत्महत्या गर्ने बिचार समेत उस्का मनमा गुन्जिरहन्छ .......रात झिमिक्कै हुदैँथिए, टुप्लुक्क शसी उन्कै एकजना केटी साथीसंग श्यामकै अगाडी अचानक देखिन्छन् ...श्यामका मन तेहाँ खुशिले थामी नसक्नुहुन्छ र हतारमा उठेर शसीलाइ हेरिरह्नछ,के गरूँ,गरू हुन्छ,सर्माउँछ अनि शसीले संगै आएकी साथीलाइ भन्छे ,तँ आधा घण्टापछि यहिँ आइज म श्यामसंग गॊप्य गफ गर्छु ल ।
अनि शसीले एउटा हातमा कपडाकॊ पॊकॊ र पॊल्टाबाट केहि सुनका गहनाहरू (बिहेका लागी बनाइदिएका) देखाउँदै भन्छे ...."श्याम, मैले तिम्रा जात,गरीबी र अनुहार संग मैले माया गरेकी पनि हैन र म शमाजका हरेक चुनौतिसंग सामना गर्न सक्छु यदि तिमिले मलाइ स्विकार्यौ भने म केबल तिम्रा स्वच्छ भावना र मेहनति स्वभाब प्रति नतमस्तक भएर तिम्रै प्रेममा पागल भएँ जस्का कारण मैले यस्ता कठीन अबश्थाम यत्ति ठूला कदम उठाँएर यी एक चिम्टी सिन्दुर केहि समय गुजारा गर्न पुग्ने सम्पति लिइ तिम्रा मनमन्दिरमा बास माग्दै छु तसर्थ तिमी मलाइ अपानएर,अहिले मेरा यि सिँउदॊ रंगाएर यी समाजबाट कहिँ टाढा अर्कै मायालु दुनियाँमा भगाएर लैजाउ न प्लीज.................................."
धन्य, शसी तिमी र तिम्रा अमरप्रेम अनि हिम्मतकालागी भन्दै श्यामले शसीलाइ अँगालेर अनबरत चुम्बनहरू बर्षाइरह्यॊ दुबैमा मनभरी मायाका भावनाहरू उम्लीयर आइरहे शसीका गहभरी खुशीका अश्रुधार अनि धड्नकन तेज हुदैथिए...दुबैले एकअर्कालाइ केहिबेर अर्कै दुनियाँमा पुगै झैँ महसुस गर्दै थिए अनि अरू के..के...के मायालु हर्कत हुदैँथिए, शसीका हरेक शारीरिक एबं मानसिक इच्छाहरू पुर्याइदिदैँ थियॊ,...............अचानक,शसीकॊ बाबासंगै केहि गाँउलेहरू आइपुगे र श्यामलाइ कुटकाट पारी लेथ्नॊ ,लाश झै पारेर शसीलाइ लछारपछार पर्दै खॊसेर लगे.............अनि शसी चिच्याइरहिन्................ श्याम उठ,यी समाजलाइ चुनौति देउ ,मलाइ तिमिले अघि नै सिन्दुर लागइदिसकेउ,म तिम्रै धर्मिपत्नि भैसकेँ जुनि जुनीलाइ................हे मेरा बाबा,आमा म हजूरकै साख्य छॊरी हुँ भने मेरा श्रीमान् हजूरहरूका ज्वाँइ हुन्...उहाँलाइ नपीट्नुस र छाडीदिनुस्...... नत्र म अबला,बिधुवा र टुहुरी हुनेछु......... शसी चिच्याइरहिन्..........................धन्यबाद

Sunday, October 18, 2009

मैले त इजरायलमा लक्ष्मी पुजा यसरी गरेँ

बृतचित्रःलक्ष्मी पुजा २००९ , इजरायल ।