Sunday, September 13, 2009

गॊरखा र मनकामाना माइ




स्मरण कथा

अतितका पानाहरू पल्टाउँदा.....(श्यामकै सम्झनाहरू)

नेपालकॊ राजधानि शहर वा काठमाण्डू उपत्यकाबाट नजिकै अनि अति नै प्रख्यात जिल्ला अन्तरगत गॊरखालाइ पनि मान्नुपर्दछ ,जहाँ गॊरखाकै ताजकॊ रूपमा रहेकॊ हाम्रा राष्ट्र निर्माता पृथ्बी नारायण शाहकै पालाकॊ गॊरखा दरबार र सम्पूर्ण हिन्दुहरूका हरेक राम्रा चाहना, भाकल र कामना पुर्याइदिने एबं एकमात्र केबलकार युक्त भएकॊ मन्दिर बिराजमान भएकॊ स्थान समेत छ , जस्लाइ अचेल पर्यटकीय क्षेत्रका रूपमा समेत चिनिन्छ । नेपालकै इतिहाँस चिच्यारहेछ.....जतिखेर भारतमा ब्रिटीश उपनिबेश राज्य थियॊ र नेपालमाथी शत्रुका गिद्देदृष्टी समेत परीरहेकै समयमा बीर गॊर्खालीहरूले नै सम्पूर्ण नेपाललाइ बिदेशी पन्जाभित्र पर्न दिएनन् ,तत्कालीन बाइसे र चौबिसे राज्यहरूका रूपमा टुक्रीयका नेपाललाइ एकिकृत गरेर पृथ्बी नारायण शाहले नेपाललाइ नै एक ढीक्का र बलिया खम्बाका रूपमा उभ्याइ तत्कालिन ब्रिटीश साम्राज्य बिरूद्द युद्द समेत लडेर बीर गॊर्खा भएकै परीचय दिइ शत्रुमाथी बिजय हाँसिल गरेका कुरामा सहायदै हामी नेपाली सपूतहरू अनबिज्ञ रहन सक्छौ... (तर यी बर्तमान नेपाल आमाकै कपुत नेताहरूलाइ कुनै मतलब छैन ति बीरताका कुराहरू इतिहाँस, उनिहरू त केबल "गर्ने भन्ने हनुमान र पगरी गुथ्ने ढेडुँ झैँ उपाधि र पद लिने तँछाड र मँछाडकै स्वभाबमै मग्न छन् ।")अलिकति मैले बाल्यकालमा कता,कता सुनेका सान्दर्भिक दुइ हरफहरू लेखेँ ल गल्ति पनि हुनसक्छ ,सच्याँयर पढीदिनुस...............
जंगल,पहाड टाकुरी
चमचमचम्के खुकुरीबुढा,बच्चा नसुति चारै प्रहर खुबैसित लडे रे बलभद्र कुँवर...............................................................................तेत्तीखेर युद्दका समयमा लगभग ब्रिटिश सरकारले नेपालका तराइ भुभाग कब्जा गरी बिरगन्ज हुदै, रौतहट ,बारा ,पर्सा अनि मकवानपुरकै फेदि र उता सिन्धुलीकै बेशी सम्म कब्जा गरी सक्दा पनि अध्याधुनिक हतियारकै जबाफमा नेपाली बीरहरूले केबल खुकुरी , खुँडा र ढुङ्रगामुडाले दिएर मकवानपुर गढी (लडाइ लड्न बनाइएका किल्ला) चिसापानी गढी, सिन्धुली गढीनालापानी किल्ला इत्यादि पहाडकॊ टाकुरीमा बसेर बालबच्चा, बुडा,आइमाइले देखाएका बीरताकै कारण आज हामी नेपाल र नेपाली भनेर गर्बका साथ बिश्वभर सिर टड्याउन पाइरहेका छौँ तर ति सबै इँतिहासलाइ नै बर्तमान नेताहरूले किन बिर्सीरहेका छन् सबै नेताहरू केबल निहित स्वार्थमै भुलेर नेपाल र नेपालीकै अस्तित्व नै फेरी बिदेशी हातमा सुम्पीने दुश्प्रयास गर्दैछन् अनि देशबिकाशमा लगाउनु पर्ने दक्ष र शिक्षीत युबा शक्तीलाइ बाध्यताबस राजनैतिक कचिङ्रगलकॊ सिकार बनाइ प्रबाशीन बाध्य बनाइरहेका छन् , खै ! ति बर्तमान बुद्दिमान भनाँउदा नेताहरूले कहिले बुझ्लान् ? ति बीर गॊर्खालीहरूले आर्ज्या मूलुकमा किन यी गॊरू,कैदी र स्वार्थी बर्तमान नेताहरूले पटक,पटक नयाँ नेपाल ,क्षेत्रिय,प्रादेशीक र साम्प्रदायीक भावनाकॊ बिजारॊपण गरी नेपालीहरू बिच परस्पर फुटाउने कार्य गर्दैछन् ? सबैलाइ थाहा छ भाइ फुटे गवाँर लुटे .............यस्तै अबश्था हुन्छ भन्ने डरले नै तेतिखेर गॊर्खा दरबारकै छेउमा रहेकॊ मन्दिरमा एकजाना बाबाले पृथ्बीनारायण शाहलाइ

नेपाल एकिकरण गर्ने सल्लाह दिएका रहेछन् अब फेरी कुन नरपशुले नेपाललाइ ,टुक्रउने र फुटाउने सल्लाह दिएछन् क्यारे र फेरी सम्पूर्ण नेपालीहरूमा नै साम्प्रदायीक भावना ल्याइ उहि पुरानै २२से र २४ झैँ बनाउने प्रयत्न भैरहेका छन् .........अब फेरी नेपाल टुक्रीएमा के फेरी गॊर्खाबाटै जन्मेलान त अर्का पृथ्बीनारायण शाह ? असम्भब नै छ ...........सत्ता हत्याउने दाउमा.....सॊझा, गरीब र गाँउमा....नेपालीहरूकै दिमाख भुटेर... डरधाक धम्की देखाइ कुटेर.....नेपालीले नेपालीलाइ नै मार्ने खेल शुरू भा मिती सunderline बैलाइ थाहै छ .....बि.सं. २०५२ सालतिरबाट नेपाललाइ सामन्तबादबाट हटाउन र नौलॊ जनबादका नाँउमा जनयुद्द र नाराका साथ सक्रियरूपमा माओबादी पार्टीकै अध्यक्ष डा.बाबुराम भट्टराइ पनि तेहि गॊर्खा जिल्लामै जन्मियका हुन्.......भनिन्छ उत्तिखेर नेपालमा प्रथम राजालाइ राज्य कुलमण्डन शाहलाइ अभिशेष गर्ने उनै भट्टराइ बाजेकै पुर्खा नै थिए र ज्ञानेन्द्र शाहका राजापरीवारलाइ नै सर्बसाधारण बनाउने प्रमूख भुमीका पनि यि नै गॊर्खाली बाबुराम भट्टराइकै छ भन्ने कुरालाइ नकार्न सकिन्न ।

यहाँनिर एउटा संयॊग पनि छ, जस्तैः नेपाली बर्णमालामा अनुशार " क" शुरूवातकॊ अक्षर र "ज्ञ " अन्तिम अक्षर अतः कुलम०डन बाट शुरू भएकाले ज्ञानेन्द्रमा गइ अन्त्य भएका हुनन् यदि बिरेन्द्रकै सरकार भैरहेका भए पक्कै राजपरीवार सर्बसाधारणमा परीणत हुन्नथे कि ? मलाइ त यस्तै लाग्छ...हजूरहरूलाइ कस्तॊ लाग्छ ??राजाकै कुरा थपेँ ल किनकी मैले राजसंस्था हुँदा नै "राष्ट्रसेवा पदक" पाएका कुरा म कसरी भुल्न सक्छु र अनि मैले नि बीर गॊर्खालीकै सपूत भएकै उद्दारण धेरैपल्ट पेश गरीसकेँ.................... सर्बबिधित नै छ एकजमानामा स्व. राजा बिरेन्द्रले गॊर्खामा नै राजधानि सार्ने घॊषणा गर्नै लागेका थिए तर गॊर्खा जिल्ला बिकाश हॊला भन्ने डरले वा फेरी भाइभारदारका दबाबमा आइ पॊखरातिर राजधानि सार्ने प्रयास गर्दै थिए तर पॊखरा नगरी एउटा चाल्नॊ जस्तै छ मतलब पॊखरा उपत्यकाकै गर्भमा लुकेर सेति नदि बहेका हुनाले जत्तिखेर नि भासिन सक्छ र संकटमा पर्ला राजधानि भनेर पुनः यतास्थीतिमै काठमाण्डू नै राजधानि रहिरह्यॊ अनि अर्का अचम्म काठमाण्डूमा प्रथम पल्ट एफ.एम. रेडीयॊ सन्चालन भएसि बिना एन्टिना गॊर्खा दरबार वरपर सिधै रेडीयॊ सुन्न सकिन्थे जस्बेला खासगरी सेना वा प्रहरीकॊ वाकीटकी सेटमै समेत डिस्ट्रभ आएकॊ थियॊ मतलब गॊर्खा दरबार निक्कै उचाइमा रहेकॊ छ अतः मलाइ नि सानैबेलादेखि मनकामना माइ र गॊरखा दरबारका अनि हाम्रा बीर गॊर्खालीहरूकै इतिहाँस पढ्दै आएकाले उक्त जिल्ला हेर्न र घुम्न खुबै रहर लाग्थे अतः मैले सानैबेला देखि कत्ति पल्ट मेरै परीवारहरू मनकामना दर्शनयात्रामा जाँदा केहि केहि बाधापरी म भने कहिले जानै पाँउदैनथेँ तर मलाइ मनकामना जाने तिब्र इच्छा थियॊ तैपनि भनिन्छ मनकामना माइलाइ दर्शन गर्नु अगाडी कुनै भाकल राखेर उक्त भाकल पुरा भएसि मात्र जानुपर्छ रे तेत्तिकै घुम्न जानहुन्न रे ...... झन बिबाह नभएका(जॊडी) कपल गएमा त प्रेम सम्बन्ध नै बिग्रन्छ रे ......यस्तै, यस्तै कैयौँ पल्ट मनकामना जाने चान्स आए, गए तर मैले मनकामना दर्शन गर्ने रहर भने कहिले पुरा गर्नै सकिन अन्ततः मैले नि १८ बर्षकै अल्लारे उमेरमा भाकल राखैँ.."यदि म कुनैदिन हेलिकप्टरबाट सिधै मनकामन माइ कै दर्शन गर्न सकेँ भनेमात्र दर्शन गर्न जान्छु नत्र जीबनमा कहिले पनि

मनकामना र गॊर्खा टेक्दिन" .....................अलिपछि मैले सरकारी सेवामा भर्ति भएँ (नेपाल प्रहरी) जागीरकै शिलसिलामा एउटा साथीले पदॊन्नतीका लागी भाकल राख्यारेछ अनि ३ बर्षपछि उ पदॊन्नती पनि भएछ र उक्त भाकल पुरा भएर उस्ले मनकामना माइलाइ भाले काटेर चढाउने भाकल रहेछ र उस्ले हामी दुइ तिन जना साथीलाइ मनकामना लग्ने भाथ्यॊ , अनि मैले मनमनै भने........हे भगवान, किन पदॊन्नतीका लागी भाकल राख्नु नि बरू हाकीमकै गुलामी राम्ररी गरे त अझ छिट्टै पदॊन्नती भैहाल्थ्यॊ नि.................भाले नि तेहि हाकिमलाइ अग्रीम चढाइदिए त......मनकामना माइले भन्दा चाडैँ नै भाकल पुरा गरीदिन्छन् नि....हा.हा..हा.हा............तैपनि बेस्टफ्रेण्डका कुरा टार्न नसकि दुइ बाइकमा

४ जना कपल नागढुङगा अनि धादिङबेसि हुदै खैरेनि पुग्यौँ तर म उहि मेरा भाकल अनुरूप मनकामना केबल कारबाट माथी मन्दिरमा कसरी नजाने भन्ने बहानमै थीएँ अचानक अर्का जॊडी (केटी) ले नि बिहे नगरेका कपल मनकामना मन्दिर जानहुन्न रे म यहिँ तलै केबलकार निरै बस्दैगर्छु तिमीहरू माथी भाकल पुजा गरेर फर्किनु भनीन् अनि मैले बहाना पाइहाले हेर साथी अचेल माओबादिले पुलिसहरूलाइ अपहरण गरीरहेकै बेलामा मैले उनि एक्लैलाइ कसरी अन्जान ठाँउमा छाड्ने तिमीहरू पुजा गर्न जाओ केबलकारमा.... हामी दुइ यहिँ तल एउटा पसलमा कुरीरहन्छौँ भनेर ति दुइ साथीहरूलाइ केबलकार चढायौँ र हामी दुइ चाँहि यता पशलमा माछा,रक्सी अनि के के दुनियाँ सबै रित्याएउँ, लडायौँ,चरमशुख खन्यायौ ............तर मैले रक्सि चाँहि कहिले नपीएकाले ,पिउनै सकिन केबल पीए झैँ नाटक गरीरहेँ .

.ति केटी साथीलाइ साथमा साथ अनि हातमा हात मिलाइरहेँ........अरू हर्कत के के भए ति शब्दमा बर्णन गर्न भन्दा अनुभब नै गर्न मज्जा नि............वा अनुमान लगाउनै मज्जा नि ................अड्कल गर्नुस ल ।केहिघण्टा पछि साथीहरू भाकलपुजा गरेर फर्किन्जेल हामी त तिरिमिरि झ्याँइ भसकेका थियौँ अनि बिल त २,३ हजार रूपैयाँ भएछ उक्त भाकल गर्नेसाथी रिसाएर ल अब माछा मात्र खाने र फर्कने भाले उतै काठमाण्डूमा गएर खाँउला.....".लुटका धन फुपुका सराद्दे सम्झेर".............अलि अलि रमाउँदै, डराउँदै...आतंक प्रभाबित क्षेत्र कतै लालसलाम वालाहरूले हामी जयनेपालवालाहरूलाइ अपहरण गर्लान भन्ने मनमा डर मान्दै माछा खाँदै थियौँ अनि म चाहिँ सेन्ट्रीकै रूपमा बस्दैथेँ किनकी म संग पेस्तॊल नामकै डर भगाउने जन्तु साथैमा हुन्थे र ति बिर अमर सिँह का "म बाघकॊ बच्चा डमरू हुँ मलाइ सिनॊ खाने कुकुर नसम्झ" भन्ने भनाइकै अनुनयायी थीएँ .........अचानक उक्त भाकलवाला साथीलाइ नै घाँटीमा काडाँ अड्केछ अनि बॊल्नै सकेन ,ख्याक..ख्याक मात्रै गर्दै निलै, रातै हुन थालीहाल्यॊ.....बलिन्द्र अश्रुधारा लाउदैँ .....हामीहरूलाइ अत्यास पर्यॊ अनि उस्लाइ केरा ,कगती खान दिएउँ अनि ढाडमा कत्ती मुक्का हानेउँ तर काँडा निक्लिन बरू झण्डै उस्का आँखा झरेन.......अन्तमा घरेलु दबाइ के के दिइयॊ ,टाढाकॊ ठाँउ तत्कालै अस्पताल लैजान सम्भब भएन हामीलाइ त बिपत्ति नै पर्यॊ र हामी के गर्नु नगर्नु भन्दै चिन्तित थियौ उक्त काडाँ अड्केका साथीले फेरी सासैले मात्र बॊल्दै ,हामी सबैले सुन्नेगरी ,दुइहात जॊडेर मनकामना पुकार्न थाल्यॊ...."हे मनकामना माइ मैले के गल्ती गरेँ र भाकल पुजामा मलाइ यस्तरी सजाँय दिएकॊ ? अब यस काँडाबाट मुक्ती देउ म अहिले फर्केर आइ हजूरलाइ कालॊ बॊकॊ चढाउछुँ.........भाकल गरेँ माता.......मलाइ बचाउ......."क्रमशः.................(के मनकामना माइले उक्त साथीका घाँटीकॊ काँडा निकालीदिए त ? के मेरा हेलीकप्टरमै मनकामना र गॊर्खा जाने (भाकल) सपना पुरा भए त ? अनुमान लगाउनुस र प्रतिक्षा गर्नुस् बाँकी कथाहरू............ ,धन्यबाद ) लेखकःश्याम(इजरायल)Updated Blogs:http://www.nnchautari.com/

No comments:

Post a Comment