Sunday, September 13, 2009

गुनिला मित्रकै सम्झनामा

गजल

रगत हैन पसिना बगाएर देखाउ
सुसुप्त बिद्वानहरूलाइ जगाएर देखाउ ।।

शमाजसेवा निश्पक्ष र निश्वार्थ हुन
गरीबका घाउमा मल्हम लगाएर देखाउ ।।

नेपाल राज्य भाछ सकुनिकै पासा
देश डुबाउने नेतालाइ भगाएर देखाउ ।।

परीबर्तन हॊला भनि कैयौँ सहिद भए
धेरै भाछन् टुहुरा राहत मगाएर देखाउ ।।

एकल प्रयास यहाँ सर्बमान्य हुन्न
श्यामकै सुधारचेतनामा सघाएर देखाउ ।।


गजल (श्याम)

सीमल झै कॊमल तिम्रा रूप रंग
सपनिमा देख्छु अनि बिपनिमा दंग ।।

माधुर्य कॊइलीकै मुहार चन्द्रमाझैँ
टाँस्न पाएहुन्थ्यॊ तिम्लाइ आफै संग ।।

मृग नयनी आहा बैशालु ति शरीर
कॊरीबाटी चिटीक्क केश मयूर पंख ।।

हरीणकै चाल अनि नृत्य अप्सराकै
दिनमा चयन छैन निन्द्रा पनि भंग ।।

चुनेँ जीबनसाथी स्विकारीदिए तिम्ले
सुध्रने थिए हॊलान् मेरै सबै ढंग ।।





गुनिला मित्रकै सम्झनामा
मेरा दुइ हरफहरू........

नयाँ मित्रता गाँस्न र मलाइ ब्यङ्ग्य खुब मन पर्छ अनि केहि सिकाउने मान्छे,कलाचित्र,स्च्छ बाताबरण र शारीरिक ब्यायम र बादबिबाद अनि ज्ञानी ब्यक्ती त झन मनपर्छ अनि दुःखि हुन पटक्कै मन पर्दैन, निराश त बिल्कुलै हुन्न अतः रमाइला र बुद्दिमान मित्र कै हरदम म तलास गरीरहन्छु र इजरायल ४ बर्ष बसाइकै क्रममा मैले हृदयदेखि ब्यक्तीगत रूपमा चिनेर ,जानेर संगत भएअनुशार मेरा श्रद्देय,
डा. बिष्णु चापागाँइ दाइ
भुवन सिँह कुवर भाइ
अर्जुन जयसवाल,कृष्ण थापा
र सुनील संगम जी
अत्यन्तै गुनिला ,हेल्पफुल ब्यक्तित्वहरू अन्तरगत मेरा मानसपटलमा घुमीरहेका छन् तर अन्य मेरा चिरपरीचित मित्रहरू जे जत्ती छन् उनिहरू संग नि मेरा कहिल्यै नकारात्मक धारणा र बैमन्स्यता भने पक्कै भएका छैनन् र भबिश्यमा कहिले हुदैनन् पनि..............यस्तै अबिश्मरणीय ब्यक्तीत्वका धनि दाजु बिष्णुले एकदशक भन्दा बढी इजरायल बसाइ पछि अघि भर्खरै तेलअभिबकॊ एअरपॊर्टबाट हात हल्लाउँदै इजरायललै प्रत्यक्ष रूपमा सहायदै अन्तिम पल्ट नियाल्नु भएका अनुमान गरेँ म ज्यादै अक्क न बक्क भएँ किनकी सधैँ झैँ यसपाली मैले दशैँमा टीका थाप्न पाँउदिन क्यारे जस्तै लागीरहेका छन् तर म जत्ति दुःखी भा छु तेस्कै दुइगुणा खुशी पनि छु किनकी उहाँ दाजु अस्वस्थताकै कारणले इजरायली प्रबाश सधैकालागी त्याग्नु भएर अबउप्रान्तका मिठा समयहरू घरपरीवार संगै बस्दै र उपचार पनि गर्न पाउनुहुन्छ अतःहाम्रा
बिछॊडका के कुरा
उहाँका इच्छा हुन् पुरा ।।
मनले आँटे ,ताकेका
प्रभुलाइ हॊलान् भाकेका ।।
जीबन सधैँ सफल हॊस
बढ्दै जावस उमंग र जॊश ।।
देशमा फैलीयॊस शान्ती
मनमा बनिरहॊस कान्ती ।।
सुस्वास्थ्य र चिरायुकै चाहना
यात्रा सफलताकै शुभकामना ।।।।



अन्तमा एउटा तस्बिरमा मैले मेरा मित्रहरूका अनुमानित बाक्याँशहरू खेस्रा गरेँ ल ,नरिसाउनुस तर सत्यता लुकेका भाव बुझ्ने चेष्टा भने अबश्य गर्नुस । धन्यबाद

No comments:

Post a Comment